अयोध्याको राम मन्दिरमा 'चम्पत' ले गरे चन्दा चोरी, जनकपुरको जानकी मन्दिरको चन्दा खोई ?

२०८३ असार १७ बुधबार
बिहान ०६:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको भगवान श्रीरामको मन्दिरमा चढाइएको चन्दा तथा बहुमूल्य भेटीमा अनियमितता भएको विषय सार्वजनिक भएपछि करोडौं हिन्दू श्रद्धालुको आस्थामाथि गम्भीर चोट पुगेको भन्दै जनकपुरधाममा समेत चासो र चिन्ता व्यक्त गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार राम मन्दिरमा चढाइएका नगद, सुन, चाँदी, हिरा, मोतीलगायत बहुमूल्य भेटीको हिनामिना भएको आशंकामा विशेष अनुसन्धान टोली (एसआईटी) ले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मन्दिर व्यवस्थापन र निगरानी प्रणालीमा गम्भीर कमजोरी देखिएको जनाइएको छ।

राम मन्दिर ट्रस्टका महासचिव चम्पत राय र पदाधिकारी अनिल मिश्राको भूमिकाबारे पनि अनुसन्धान जारी रहेको बताइएको छ। प्रारम्भिक जाँचमा उनीहरूविरुद्ध प्रत्यक्ष संलग्नताको पुष्टि नभए पनि कसैलाई पनि ‘क्लिन चिट’ नदिइएको र मन्दिर ट्रस्टको नाममा भएको जग्गा खरिदसम्बन्धी प्रकरणमा थप अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

अनुसन्धानका क्रममा हिरासतमा रहेका आठ जनामध्ये सात जनाबाट करिब ८० लाख भारतीय रुपैयाँ बरामद गरिएको जनाइएको छ। अनुसन्धानकर्ताहरूका अनुसार चन्दा तथा जग्गा कारोबारमा सयौं करोड भारतीय रुपैयाँ बराबरको अनियमितता भएको आशंका गरिएको छ।

राम मन्दिरमा देश–विदेशबाट भक्तजन तथा विभिन्न संघसंस्थाले बहुमूल्य रत्न, सुन, चाँदी र नगद दान गर्दै आएका छन्। प्राप्त चन्दाको व्यवस्थापन तथा लेखापरीक्षणका लागि भारतीय स्टेट बैंक (एसबीआई) का कर्मचारी परिचालन गरिएको भए पनि विवादपछि बैंकले कर्मचारी परिवर्तन गर्न प्रस्ताव गरेको र ट्रस्टले त्यसलाई स्वीकृति नदिएको भारतीय सञ्चारमाध्यमको दाबी छ।

यसैबीच, जग्गा खरिदसम्बन्धी विवाद पनि थप गम्भीर बनेको छ। भारतको आम आदमी पार्टी (आप) का राज्यसभा सांसद सञ्जय सिंहले सार्वजनिक गरेको विवरणअनुसार करिब दुई करोड भारतीय रुपैयाँमा खरिद गरिएको जग्गा केही दिनभित्रै राम मन्दिर ट्रस्टले ५५ करोड भारतीय रुपैयाँमा खरिद गरेको देखिएको दाबी गरिएको छ। यस्ता अन्य जग्गा कारोबारमाथि पनि अनुसन्धान जारी रहेको बताइएको छ।

अयोध्या र जनकपुरधामबीच त्रेता युगदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ। यही कारण राम मन्दिरसँग जोडिएको विवादले जनकपुरधाममा पनि विशेष चासो बढाएको छ।

राम मन्दिर ट्रस्टका महासचिव चम्पत राय जनकपुरधामस्थित जानकी मन्दिरसँग पनि लामो समयदेखि सम्बन्धित व्यक्तिका रूपमा परिचित छन्। रामजानकी विवाह महोत्सवका अवसरमा अयोध्याबाट आउने विशेष जन्तीको नेतृत्व गर्दै उनी पटक–पटक जनकपुरधाम आउने गरेका थिए।

सञ्चारकर्मी श्यामसुन्दर शशीले राम मन्दिरको नाममा भएको भनिएको अनियमितताले करोडौं हिन्दू श्रद्धालुको भावनामाथि ठेस पुगेको प्रतिक्रिया दिए। उनका अनुसार जनकपुरधाममा विशिष्ट सम्मान पाएका व्यक्तिहरूमाथि यस्ता आरोप लाग्नु दुःखद विषय हो र घटनाको निष्पक्ष अनुसन्धान हुन आवश्यक छ।

समाजसेवी एवं धर्म प्रचारक जगदीश महासेठले राम मन्दिरमा देखिएको विवादबाट नेपालका धार्मिकस्थलहरूको आर्थिक पारदर्शिता र सुरक्षा व्यवस्थाप्रति पनि थप सतर्क हुनुपर्ने सन्देश दिएको बताए। उनले मन्दिरहरूमा चढाइने भेटी तथा दानको पारदर्शी व्यवस्थापन, नियमित लेखापरीक्षण र प्रभावकारी निगरानी प्रणाली आवश्यक रहेको धारणा व्यक्त गरे।

उता, भारतीय अनुसन्धान निकायले चन्दा संकलन, बहुमूल्य भेटी व्यवस्थापन तथा जग्गा खरिदसम्बन्धी सम्पूर्ण प्रकरणमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषा लालगढको बौआ होटलमा अखाद्य समाग्री फेला, २५ हजार जरिवाना, ५ क्विन्टल अखाद्य सामग्री नष्ट

  • २०८३ असार १७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत सञ्चालनमा रहेका होटल तथा खाद्य पसलमा जनस्वास्थ्यसँग खेलबाड भइरहेको गुनासो बढेपछि धनुषामा संयुक्त अनुगमन गरिएको छ। मधेश प्रदेश सरकारका गृह, कानुन तथा सञ्चारमन्त्री फकिरा महतोको

पूरा पढ्नुहोस्

Bureau Menus