धनुषाः आफ्नै दरबाजामा राखिएको दुई ट्रिपरमा आगजनी, एक जलेर ध्वस्त, लाखौँको नोक्सान

२०८३ असार २९ सोमबार
बिहान ११:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ पुराना चिरैयास्थित एक जनाको ट्रिपरमा आगजनी गरिदिँदा जलेर ध्वस्त भएको छ । 

स्थानीय सरोज यादवको दरबाजामा पार्किँग गरि राखिएको दुईवटा ट्रिपरमा आगजनी भएको जनाईएको छ । शनिबार राती घरमै रोकी राखिएको  ना १ प ८७१७ र प्रदेश २–०४–००१ ख ००६६ को ट्रिपरमा आगजनी गरिदिएको आरोप छ । 

स्थानीय दुश्मनले आगजनी गरेको आरोप यादवको छ । उनका अनुसार, आगजनी गर्ने व्यक्तिको पहिचान भईसकेको र कानुनी प्रक्रियामा जाने तयारी गरिएको यादवले थपे । 

ट्रिपरमा राती १२ बजेको समयमा आगजनी गरिएपछि दनदनी आगो बल्दा मात्र जागेको उनले बताए । १२ः२६ मा हेरेपछि दनदनी आगो बलेको थियो । पाईप काटेर आगो लगाएको उनको आरोप छ । 

आगलगीबाट ६० लाख बढीको क्षति भएको जनाइएको छ । यसबारे ईलाका प्रहरी कार्यालय यदुकूहाले अनुसन्धान सुरु गरेको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

बच्चा खेलाउँदै बाँदर

  • २०८३ असार २९ सोमबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus