कमला नदीबाट फिल्म पुष्पा स्टाईलमा दारु तस्करी, भारततर्फ लैजाँदै गरिएको हजारौँ लिटर नेपाली दारु बरामद

२०८३ असार २३ मंगलबार
बिहान १०:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भारत–नेपाल सीमा क्षेत्रमा हिन्दी फिल्म पुष्पाको शैलीमा मदिरा तस्करीको घटना बाहिरिएको छ । 

मदिरा तस्करीविरुद्ध सञ्चालन भइरहेको अभियानअन्तर्गत भारतको बिहार राज्यस्थित जयनगर प्रहरीले कमला नदीबाट ठूलो परिमाणमा नेपाली सौफी मदिरा बरामद गरेको छ।

जयनगर थाना प्रहरीले आइतबार राति कमला नदीको काली मन्दिर घाट नजिकबाट नदीमा तैराएर भारततर्फ लैजाँदै गरिएको ४८ बोरा नेपाली सौफी मदिरा बरामद गरेको हो। बरामद गरिएको मदिराको परिमाण २ हजार १६० लिटर रहेको प्रहरीले जनाएको छ। प्रहरीको उपस्थितिको जानकारी पाएपछि तस्करहरू भने अन्धकारको फाइदा उठाउँदै घटनास्थलबाट फरार भएका छन्।

सोमबार जयनगर थाना परिसरमा आयोजित पत्रकार सम्मेलनमा डीएसपी सदानन्द कुमारले गोप्य सूचनाका आधारमा काली मन्दिर घाट क्षेत्रमा विशेष निगरानी तथा छापामारी गरिएको जानकारी दिए। छापामारीका क्रममा कमला नदीमा तैरिरहेका ४८ वटा बोरा फेला परेको र परीक्षण गर्दा ती बोरामा नेपालमा उत्पादित सौफी मदिरा रहेको पुष्टि भएपछि सम्पूर्ण खेप नियन्त्रणमा लिइएको उनले बताए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले तस्करहरूले नदीको मार्ग प्रयोग गरी ठूलो परिमाणमा मदिरा भारतीय क्षेत्रमा भित्र्याउने योजना बनाएको देखिएको छ। तर, प्रहरीको सक्रिय निगरानीका कारण उनीहरूको प्रयास असफल भएको हो।

डीएसपी कुमारले बरामद मदिरासम्बन्धी जयनगर थानामा बिहार मद्य निषेध तथा उत्पाद ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। फरार तस्करहरूको पहिचान गरी तस्करी सञ्जालमा संलग्न अन्य व्यक्तिहरूसम्म पुग्न अनुसन्धान तीव्र पारिएको उनले बताए।

उक्त अभियानमा प्रहरी निरीक्षक (एसआई)  सुरज कुमार, अमित कुमार, मोनिका कुमारी, प्यान्थर प्रहरी टोली तथा सशस्त्र सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

सीमावर्ती क्षेत्रमा नेपालबाट हुने मदिरा तस्करी नियन्त्रणका लागि नियमित गस्ती, निगरानी तथा विशेष जाँच अभियानलाई अझ सघन बनाइएको भारतीय प्रहरीले जनाएको छ। पत्रकार सम्मेलनमा डीएसपी सदानन्द कुमारसँगै जयनगर थाना प्रमुख रमण कुमारलगायत अन्य प्रहरी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गृहमन्त्री गुरुङको झापा भ्रमणपछि सीमा सुरक्षा संयन्त्रमा हलचल, DSP हरुको मोबाइल नियन्त्रणमा लिएको दाबी

  • २०८३ असार २३ मंगलबार

न्यूज ब्यूरो, झापा । कोशी प्रदेशका विभिन्न जिल्लाको सुरक्षा अवस्था तथा वस्तुस्थितिको अनुगमनका क्रममा गृहमन्त्री सुधन गुरुङ सोमबार झापा पुगेका छन्। दिनभर विभिन्न सुरक्षा निकायसँग छलफल, सीमा क्षेत्रको निरीक्षण तथा हात्ती

पूरा पढ्नुहोस्

Bureau Menus