न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले गुणस्तरहीन ठहरिएका चार ब्रान्डका इन्स्ट्यान्ट चाउचाउ (नुडल्स) तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार सूचना जारी गर्दै बजार अनुगमनका क्रममा संकलन गरिएका नमुनाको प्रयोगशाला परीक्षणमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत गुणस्तर भेटिएपछि सम्बन्धित उत्पादन तत्काल ‘रिकल’ (फिर्ता) गर्न आदेश दिएको जनाएको हो ।
विभागका अनुसार सम्बन्धित ब्याच नम्बरका उत्पादनको बिक्री–वितरणसमेत तत्काल रोक्न उत्पादक कम्पनीलाई निर्देशन दिइएको छ ।
फिर्ता गर्न आदेश दिइएका उत्पादनहरूमा २५ ग्रामको ‘गोलमोल इन्स्ट्यान्ट नुडल्स’ (ब्याच नं. B/BM2/D, उत्पादन मिति २०८३/०१/११), ५० ग्रामको ‘वाइल्ड’ इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. B/BM1-X-2026-05-14), २५ ग्रामको ‘प्रिमियम पिरो’ इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. B/BM2/C, उत्पादन मिति २०८३/०१/२८) र ५० ग्रामको ‘मामा’ इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. B/BM1-X-2026-05-13) रहेका छन् ।
यी सबै उत्पादन बर्दियाको बाँसगढी–३ स्थित बी.सी.जी. फुड्स इन्टरप्राइजेज प्रालिले उत्पादन गरेको विभागले जनाएको छ ।
विभागका अनुसार परीक्षणका क्रममा उक्त उत्पादनहरू खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६(क) विपरीत न्यूनस्तरको गुणस्तर रहेको पाइएपछि बजारबाट फिर्ता गर्ने निर्णय गरिएको हो ।
विभागले उपभोक्तालाई उल्लेखित ब्याच नम्बरका चाउचाउ खरिद नगर्न तथा खरिद गरिसकेको भए प्रयोग नगरी विक्रेता वा सम्बन्धित वितरकलाई फिर्ता गर्न आग्रह गरेको छ । साथै विक्रेता तथा वितरकलाई पनि ती उत्पादन तत्काल बिक्रीबाट हटाउन निर्देशन दिइएको छ ।
४५ वर्षदेखि शैक्षिक उत्कृष्टताको यात्रामा सिद्धार्थ जनकपुरको कलेज
- २०८३ श्रावण ३ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४५ वर्षदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिद्धार्थ शिक्षण संस्थान अन्तर्गतको सिद्धार्थ शिशु सदन मा.वि. तथा सिद्धार्थ कलेजले विद्यार्थी तथा अभिभावकमाझ विश्वासको केन्द्रका
पूरा पढ्नुहोस्





