धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरमा बस्दै आएका व्यक्तिलाई कुट्टीमै घाँटी रेटेर हत्या !

२०८३ श्रावण १५ शुक्रबार
बिहान ०८:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. १२ स्थित हनुमान मन्दिरमा बस्दै आएका व्यक्तिलाई घाँटी रेटेर हत्या गरिएको खवर प्राप्त भएको छ । उनलाई सहायक पूजारी भनिएपछि कुट्टीमा बस्दै आएका सर्वसाधारण व्यक्ति रहेको बताईन्छ ।

रघुनाथुर नहरचोकमा अवस्थित शिव हनुमान मन्दिरमा बस्दै आएका व्यक्तिलाई गएराती घाँटी रेटेर हत्या गरिएको स्थानीयहरुको जनाएको छ । उनलाई घाँटी रेटेर हत्या गरिएको पुष्टि सबैला नगरपालिकाका मेयर कारीराम यादवे पनि गरेका छन् । 

घटनास्थल पुगेका मेयर यादवले मन्दिरभरि रगतैरगत रहेको र बचाउको लागि संघर्ष गरेको अवस्था देखिएको बताएका छन् । उनले मन्दिरको कुट्टी परिसर कोठामा भरि रगतको छिट्टा परेको बताएका छन् । 

मृतक धनुषा हँसपुर नगरपालिकाका अन्दाजी ४५ बर्षिय बन्ठु राउत रहेको मेयर यादवले जनाएका छन् । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले फोन उठाएनन भने प्रहरीको टोली घटनास्थल पुगेका छन् ।  सहायक पुजारी राउतमाथि धारिलो हतियार प्रहार भएको बताईएको छ । 

उनी करिब १५ बर्षदेखि सोही मन्दिरमा बस्दै आएको बताईएको छ । कहिले बाहिर कमाउन जाने र पुनः सोही मन्दिरमा आएर बस्ने गरेको स्थानीयहरुले जनाएको छ । मुख्य पूजारी अर्कै जना रहेको तथा सहायक पूजारीको रुपमा उनी बस्दै आएको पनि स्थानीयहरुले बताएको छ । यद्यपी, यसको अधिकारिक पुष्टि भने भएको छैनन् ।

एक स्थानीयका अनुसार, उनी पनि मन्दिरमा पूजापाठ गर्दै आएका थिए । केही दिन अगाडी भारतबाट कमाएर आएका थिए । उनीसँग भएको रकम लुटपाट गर्न पनि हत्या गरेको हुन सक्ने शंका जनाए । 

राउत मन्दिरमा मात्र बस्दै आएका थिए । उनी कुनै पूजारी नरहको बताईएको छ । उनलाई मन्दिर परिसरको कुट्टिमा हत्या भएको हो । धनुषा प्रहरीले डग टोली परिचालन गरेको छ । 

 

(यसअघि स्थानीय र जनप्रतिनीधिको भनाई अनुसार समाचारमा पूजारी शब्द प्रयोग हुन गएकोमा हामी क्षमा प्रार्थी छौँ । समाचार तुरुन्तै सच्याईएको छ । पुनः क्षमायाचना गर्दछौँ ।)

पछिल्लो अध्यावधिकः २०८३ साउन १५ गते, बिहान ०८ः२९ बजे ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 60%
  • 40%

कमला नगरपालिकामा 'ग्रामीण अल्ट्रासाउण्ड सेवा' सुरु, गर्भवती महिलाले घर नजिकै पाउनेछन् USG सुविधा

  • २०८३ श्रावण १५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले ग्रामीण भेगका नागरिकलाई सहज तथा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्रामीण अल्ट्रासाउण्ड (USG) सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नगरपालिकाको पहलमा

पूरा पढ्नुहोस्

Bureau Menus