जनकपुरमा कर्फ्यूका कारण जयनगर–जनकपुर–भंगाहा रेल सेवा स्थगित

२०८३ श्रावण १५ शुक्रबार
बिहान ०९:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशका कारण जयनगर–जनकपुर–भंगाहा रेल सेवा स्थगित गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय, धनुषाको २०८३ साउन १५ गतेको पत्रअनुसार प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशलाई मध्यनजर गर्दै रेल सेवा सञ्चालन स्थगित गरिएको जनाएको हो ।

कम्पनीका अनुसार यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै हाल जयनगर–जनकपुर–भंगाहा रेलखण्डअन्तर्गतको रेल सेवा कर्फ्यू आदेश जारी रहुन्जेलसम्मका लागि स्थगित गरिएको छ ।

रेल सेवा स्थगित हुँदा यात्रुहरूमा पर्न गएको असुविधाप्रति नेपाल रेल्वे कम्पनीले क्षमायाचना गरेको छ । कर्फ्यू आदेश हटेपछि रेल सेवा पुनः सञ्चालन हुने जनाइएको छ ।

जयनगर–जनकपुर–भंगाहा रेल सेवा मधेश प्रदेशको महत्वपूर्ण सार्वजनिक यातायात सेवाका रूपमा सञ्चालन हुँदै आएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'

  • २०८३ श्रावण १५ शुक्रबार

जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,

पूरा पढ्नुहोस्

Bureau Menus