जनकपुरमा अवस्था बिग्रन थालेपछि धनुषाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाईयो !

२०८३ श्रावण १४ बिहीबार
दिउसो ४:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्लाको सुरक्षा अवस्था र शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन् ।

जारी आदेशअनुसार कर्फ्यू अवधिमा तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा आयोजना गर्न तथा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

कर्फ्यू लागू गरिएका क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोक र पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम।क्यू। स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै हुलाकी सडक र राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल हुँदै बेला र कादरी मस्जिदसम्मको क्षेत्र समेटिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशको पूर्ण पालना गर्न सबै नागरिकसँग आग्रह गरेको छ । आदेश उल्लंघन गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।

यसअघि सिरहा र धनुषाका केही क्षेत्रमा उत्पन्न तनावलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत उच्च सतर्कतामा परिचालन गरिएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा आलिशान बँगला, कैयौँ कित्ता जग्गाः साईकल चढेर जाने प्रअ मण्डलले कसरी जोडे BYD कारसहित करोडौँको सम्पति ?

  • २०८३ श्रावण १४ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । “मै भगवान हुँ” भनेर अहँकार पालेका धनुषा गिद्धाबेलापट्टि विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डलको नाममा करोडौँको सम्पति भेटिएको छ ।  विद्यालयमा साईकल चढेर पढाउन जाने गरेका मण्डलले हेडमास्टर

पूरा पढ्नुहोस्

Bureau Menus