सिरहा झडपः गोली लागेर गम्भीर घाइते १५ वर्षीय गणेश यादवको मृत्यु, अवस्था तनावग्रस्त !

२०८३ श्रावण १४ बिहीबार
दिउसो ४:२८ बजे
सबिन यादव

न्यूज ब्यूरो, सिरहा । सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार औरही गाउँपालिका–२ निवासी अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

‘मृत्यु भएको भन्ने खबर आएको छ । औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको जानकारी प्राप्त भएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने ।

घटनापछि सिरहाको अवस्था तनावग्रस्त बनेको छ । सम्भावित अप्रिय घटना रोक्न प्रभावित क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ ।

परिवारका एक सदस्यले दिएको जानकारीअनुसार घरमा खाना पकाउने ग्यास सकिएपछि ग्यास लिन गएका बेला उनी झडपमा परेका थिए । सोही क्रममा गोली लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ ।

यसैबीच, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८३ श्रावण १४ बिहीबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus