हलिउडस्तरको VFX सहित ‘रामायण’को हिन्दी ट्रेलर सार्वजनिक, रणबीर–यशको अवतार चर्चामा

२०८३ श्रावण १४ बिहीबार
बिहान ०८:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । निर्माता नमित मल्होत्राको बहुप्रतीक्षित चलचित्र ‘रामायण’को आधिकारिक हिन्दी ट्रेलर बिहीबार सार्वजनिक भएको छ । निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको यो पौराणिक महाकाव्यमा रणबीर कपूर भगवान राम, यश रावण र साई पल्लवी सीताको भूमिकामा देखिएका छन् । 

करिब ४ मिनेट लामो ट्रेलरमा अत्याधुनिक दृश्य प्रभाव (भिएफएक्स), विशाल युद्ध दृश्य र भावनात्मक प्रस्तुति समेटिएको छ । विश्वप्रसिद्ध सङ्गीतकार हान्स जिम्मर र ए। आर। रहमानको सङ्गीतले ट्रेलरलाई थप भव्य बनाएको छ । चलचित्रमा सन्नी देओल हनुमान तथा रवि दुबे लक्ष्मणको भूमिकामा छन् । 

ट्रेलर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ । धेरै दर्शकले यसको दृश्य प्रभाव, छायांकन र यशको रावण अवतारको प्रशंसा गरेका छन् भने केहीले रणबीर कपूरको रामको भूमिकाबारे मिश्रित प्रतिक्रिया दिएका छन् । 

नमित मल्होत्राको प्राइम फोकस स्टुडियो, डीएनईजी र यशको मोन्स्टर माइन्ड क्रिएशन्सको सहकार्यमा निर्माण भएको ‘रामायण’ दुई भागमा प्रदर्शन गरिनेछ । पहिलो भाग दीपावली २०२६ मा र दोस्रो भाग दीपावली २०२७ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी गरिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८३ श्रावण १४ बिहीबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus