न्यूज ब्यूरो, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका होटल तथा गेस्टहाउसमा विदेशी नागरिकहरू गैरकानुनी रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा अनुसन्धान टोली परिचालन गरिएको थियो । सो क्रममा टोलीले विभिन्न होटलमा बसेका १० जना बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई ठमेल क्षेत्रका होटल तथा गेस्टहाउसबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान, काठमाडौं पठाइएको छ ।
पक्राउ पर्नेमा बंगलादेशको गाजिपुरकी २६ वर्षीया Fahima Akter Hasan, मुन्सिगञ्जका ४८ वर्षीय Mahamud, ढाकाका ४५ वर्षीय Mahabub Hasan, मुन्सिगञ्जका ४५ वर्षीय Repon Mehmud, मुन्सिगञ्जका ३० वर्षीय MD Keramot Alikhan, राजबारीका ३० वर्षीय Sahidur Rahman, ढाकाका ४० वर्षीय MD Khalilur Rahman, कुमिल्लाका २८ वर्षीय Arifur Rahman, ढाकाका ४२ वर्षीय MD Maruf Mridha र नारायणगञ्जका ४६ वर्षीय Mohammad Hanif Miah रहेका छन् ।
प्रहरीले उनीहरू काठमाडौं महानगरपालिका–२६, ठमेलमा बस्दै आएको जनाएको छ । उनीहरू कुन प्रयोजनका लागि नेपाल आएको र शंकास्पद गतिविधिको प्रकृतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका सबै बंगलादेशी नागरिक रहेको उल्लेख छ ।
जनकपुरको जिरामाईलमै ६ गन चार्ज पोर्टसहित फास्ट चार्जको EV Charging स्टेशन स्थापना, कार वासिँग पनि सँगै
- २०८३ भदौ २३ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको जिरोमाइल क्षेत्रमा ६ वटा चार्जिङ पोर्टसहितको विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । जनकपुरधाम–जिरोमाइलस्थित अन्नपूर्ण होटलको छेउमा पश्चिमपट्टि ‘माँ जानकी चार्जिङ स्टेशन एण्ड वासिङ सेन्टर’
पूरा पढ्नुहोस्



