न्यूज ब्यूरो, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
१८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै हरेक वर्ष उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेनजी आन्दोलन सुरु भएको आज एक वर्ष पूरा भएको छ ।
सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरमा रहेको असमानताविरुद्ध केन्द्रित भएको थियो ।
गत वर्ष २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । त्यस घटनाको विरोधमा २४ भदौमा देशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको थियो ।
दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा समेत आगजनी र तोडफोडका घटना भएका थिए ।
सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको योगदानको सम्मान तथा स्मरणका लागि २३ भदौलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
- २०८३ भदौ २३ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी
पूरा पढ्नुहोस्




