न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको जिरोमाइल क्षेत्रमा ६ वटा चार्जिङ पोर्टसहितको विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।
जनकपुरधाम–जिरोमाइलस्थित अन्नपूर्ण होटलको छेउमा पश्चिमपट्टि ‘माँ जानकी चार्जिङ स्टेशन एण्ड वासिङ सेन्टर’ स्थापना गरिएको हो । स्टेशनमा एकैपटक ६ वटा विद्युतीय सवारीसाधन चार्ज गर्न सकिने व्यवस्था गरिएको सञ्चालक गौत्तम झाले जनाएको छ ।
स्टेशनको कुल चार्जिङ क्षमता १८० किलोवाट रहेको छ । यहाँ छिटो चार्जिङका लागि ४ वटा जीबीटी र २ वटा सीसीएस–२ चार्जिङ पोर्ट जडान गरिएको छ ।
विद्युतीय सवारीसाधनको संख्या बढ्दै गएसँगै जनकपुरमा आवश्यक चार्जिङ पूर्वाधार विस्तार गर्ने उद्देश्यले स्टेशन सञ्चालनमा ल्याइएको जनाइएको छ । चार्जिङसँगै यहाँ सवारीसाधन धुने अर्थात् कार वासिङको सुविधासमेत उपलब्ध हुनेछ ।
जनकपुरको मुख्य प्रवेश तथा आवतजावत हुने जिरोमाइल क्षेत्रमा फास्ट चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई चार्जिङका लागि थप सहज हुने अपेक्षा गरिएको छ ।
काठमाडौंमा शंकास्पद गतिविधिमा संलग्न १० बंगलादेशी नागरिक पक्राउ
- २०८३ भदौ २३ मंगलबार
न्यूज ब्यूरो, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका होटल तथा गेस्टहाउसमा
पूरा पढ्नुहोस्



