भोली आईतबार जनकपुरका यी विभिन्न क्षेत्रमा ८ घण्टा विद्युत् अवरुद्ध हुने

२०८३ भदौ २० शनिबार
बेलुकी ७:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रले भदौ २१ गते आइतबार जनकपुरका विभिन्न क्षेत्रमा करिब ८ घण्टा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका विद्युत् पोलहरू परिवर्तन गर्ने तथा विद्युत् तारमा छोएका रुखका हाँगाहरू काट्ने लगायतका सामयिक मर्मतसम्भारका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

भदौ २१ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सिटी–३ र रिङ फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने जनकपुर वितरण केन्द्रले जनाएको छ ।

विद्युत् अवरुद्ध हुने क्षेत्रमा मिल्स एरिया, कदमचोक, रेल्वे स्टेसन, कपिलेश्वर, महुवा, मालपोत कार्यालय आसपास, पिररिया माइस्थान, कुवा, रामपुर, लोहना, हनुमाननगर, प्रदेशसभा भवन, माछापालन क्षेत्र, विमानस्थल तथा धनौजी गाउँपालिका लगायतका क्षेत्र रहेका छन् ।

प्राधिकरणले मर्मतसम्भारको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार छिट्टै सञ्चालन गरिने जनाएको छ । प्रतिकूल मौसम तथा अन्य प्राविधिक कारणले निर्धारित समयमा केही हेरफेर हुन सक्ने समेत प्राधिकरणले स्पष्ट पारेको छ ।

  • 15%
  • 15%
  • 0%
  • 8%
  • 0%
  • 23%

Vianet र Classic Tech को आक्रामक विस्तारबीच WorldLink शीर्षमै, Subisu ले एक वर्षमा गुमायो ४५ हजारभन्दा बढी ग्राहक

  • २०८३ भदौ २० शनिबार

न्यूज ब्यूरो,  जनकपुरधाम । नेपालको फिक्स्ड ब्रोडब्यान्ड बजारमा प्रतिस्पर्धा तीव्र बन्दै जाँदा बजार अग्रणी वर्ल्डलिंक कम्युनिकेसन्सले शीर्ष स्थान कायम राख्न सफल भएको छ भने सुबिसु केबलनेटले भने एक वर्षमै ४५ हजारभन्दा

पूरा पढ्नुहोस्

Bureau Menus