बालेनका साथी भिक्टर पौडेलले लेखे- 'अहिले घण्टेहरु पुरानै दलझैँ झोले बन्ने बाटो फलो गर्दैछ'

२०८३ भदौ २२ सोमबार
बेलुकी ६:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । युवामाझ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकार समर्थक कार्यकर्ताको आलोचना गरेका छन् ।

पौडेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाका समर्थकप्रति असन्तुष्टि व्यक्त गर्दै विगतमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अन्ध समर्थकहरूले देखाउने व्यवहारकै परिणामस्वरूप ती दलहरू अहिलेको अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

रास्वपाका समर्थकहरूले पनि त्यही प्रवृत्ति दोहोर्‍याइरहेको उनको आरोप छ । उनले लेखेका छन्, ‘त्यस्तै झोलेहरूले गर्दा कांग्रेस, एमाले र माओवादीको अहिले यस्तो हालत छ । अनि अहिले घण्टेहरूले त्यही बाटो फलो गर्दै छन् ।’

बाढीमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारले सरकारसँग सहयोगको याचना गर्दा बेवास्ता र आश्वासन मात्रै पाउनु दुःखद् भएको पौडेलले बताएका छन् । विपत्तिमा आफन्त गुमाएका वा हराएका व्यक्तिहरू मानसिक रूपमा गम्भीर पीडामा रहने भन्दै यस्तो अवस्थामा उनीहरूले राम्रोसँग खान र सुत्नसमेत नसक्ने उनको भनाइ छ ।

त्यस्तो पीडामा रहेका परिवारले सरकारसँग सहयोग र जवाफदेहिताको अपेक्षा गर्नु स्वाभाविक भएको पौडेलले उल्लेख गरेका छन् ।

तर, पीडित परिवारको भावनालाई बुझ्नुको साटो रास्वपा तथा सरकारका अन्ध समर्थकहरूले उनीहरूमाथि नै आलोचना गर्ने र ‘घाउमा नुन छर्कने’ काम गरिरहेको पौडेलको आरोप छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८३ भदौ २२ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus