तीजको रौनकसँगै जनकपुरकी पूजा ठाकुरको ‘तीजैमा छमछम’ रिलिज, लोभलाग्दो दृश्याँकन

२०८३ श्रावण २८ बिहीबार
बेलुकी ५:४१ बजे
न्यूज ब्यूरो, डेस्क

जनकपुरधाम । नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ । जनकपुरकी चर्चित कलाकार पूजा ठाकुर मुख्य अभिनयमा देखिएकी हुन् । 

देशी फिल्म्सको प्रस्तुति तथा पूजा ठाकुरको निर्माणमा तयार भएको गीतले तीजको मौलिक संस्कृति, नृत्य र उत्सवको माहोललाई प्रस्तुत गर्न थालेको छ । 

‘तीजैमा छमछम’ मा पूजा ठाकुरको अभिनय तथा प्रस्तुति रहेको छ भने एलेना चौहान र मेलिना मैनालीले स्वर दिएका छन् । गीतको शब्द तथा संगीत मेलिना मैनालीको रहेको छ ।

कमल खत्रीले संगीत संयोजन गरेको गीतको मिक्स तथा मास्टरिङ सजन शाहले गरेका हुन् । गीतको भिडियो निर्देशन विभोर पोखरेलले गरेका छन् भने छायांकन विशाल थापा तथा उनको टिमले गरेको छ ।

गीतको भिडियोमा तीजको पारम्परिक पहिरन, मेहन्दी, गरगहना तथा सामूहिक नृत्यसहित नेपाली महिलाहरूको तीज उत्सवलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा हरियो पहिरनमा सजिएकी पूजा ठाकुरसहित अन्य कलाकारलाई तीजको उल्लासपूर्ण शैलीमा देखाइएको छ ।

भिडियोको कोरियोग्राफी रोशन बिश्वकर्माले गरेका छन् । मेकअप पूनम चौधरी र प्रोडक्सन म्यानेजर हरि अधिकारीको रहेको छ । सम्पादन आई क्याच स्टुडियोले गरेको छ भने सम्पादन तथा कलरिङ डिन्सन शाहले गरेका छन् ।

गीतको भिडियो निर्माण तथा प्रस्तुति देशी फिल्म्सले गरेको हो । तीजको अवसरलाई लक्षित गर्दै तयार पारिएको गीत छिट्टै विभिन्न डिजिटल तथा सामाजिक सञ्जालका माध्यमबाट दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।

गीत युटुबसहित टिकटोक, रिल्स, शर्टहरु लगायतका डिजिटल प्लेटफर्ममा समेत उपलब्ध गराईएको हो । 

तीजको सांस्कृतिक उल्लास, नृत्य र मनोरञ्जनलाई केन्द्रमा राखिएको ‘तीजैमा छमछम’ ले यस वर्षको तीजमा दर्शक तथा श्रोतालाई नयाँ मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।
गीत यहाँ छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८३ श्रावण २८ बिहीबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus