न्यूज ब्यूरो, जनकपुरधाम । ठूलो प्रोडक्सन हाउस छैन, महँगो बजेट छैन । तर सपना ठूलो छ । यही सोचका साथ गाउँका युवाहरूले आफ्नै मेहनत, उपलब्ध साधन र आधुनिक प्रविधिको प्रयोग गर्दै टाइम–ट्राभलमा आधारित सर्ट फिल्म ‘2004: The Time Trap’ निर्माण गरेका छन् ।
बिनय गुप्ताको निर्देशनमा तयार भएको फिल्मले समय, निर्णय र त्यसले भविष्यमा पार्ने प्रभावको कथा प्रस्तुत गर्छ । फिल्मको मूल अवधारणा विगत परिवर्तन गर्ने प्रयासले वर्तमान र भविष्यमा ल्याउन सक्ने अप्रत्याशित परिवर्तन वरिपरि घुमेको छ ।
फिल्मले दर्शकलाई एउटा गम्भीर प्रश्नसमेत छाड्छ– यदि तपाईंलाई विगतमा फर्किएर केही परिवर्तन गर्ने अवसर मिल्यो भने, त्यसको मूल्यस्वरूप आफ्नो वर्तमान र भविष्य परिवर्तन हुने जोखिम लिन तयार हुनुहुन्छ ?
फिल्ममा अमन भास्करले रघुबीर प्रसाद, रञ्जित महराले मोहन प्रसाद तथा निर्देशकसमेत रहेका बिनय गुप्ताले राजीव प्रसादको भूमिका निर्वाह गरेका छन् । राजीव, मोहनका छोरा हुन् ।
फिल्मको निर्माण टोलीमा अमन भास्कर, रञ्जित महरा, बलराम अधिकारी, प्रमोद मुखिया, जितेन्द्र मुखिया, प्रभाश रजक र सुभाष गुप्ता सहभागी छन् । प्रमोद मुखियाले गाउँलेको भूमिका निर्वाह गरेका छन् भने जितेन्द्र मुखिया रघुको साथीको भूमिकासँगै क्यामेरा टिममा पनि छन् ।
फिल्मको क्यामेरामा बिनय गुप्ता र अमन भास्कर रहेका छन् । सम्पादन, संगीत, पटकथा, वेबसाइट निर्माण तथा भ्वाइस डिजाइनको जिम्मेवारी पनि बिनय गुप्ताले नै सम्हालेका छन् । टेलिफोनसम्बन्धी सहयोग धिरज मण्डलले गरेका छन् भने उपकरण तथा अन्य व्यवस्थापनमा प्रभाश रजकको योगदान रहेको निर्माण टोलीले जनाएको छ ।
फिल्ममा ElevenLabs को आवाज प्रविधि तथा Google Flow मा आधारित एआई प्रविधिको प्रयोग गरिएको छ । साथै, ८० दशकको संगीत शैलीलाई समेत फिल्मको प्रस्तुतीकरणमा समावेश गरिएको छ ।
फिल्मको छायांकन धनुषाको नेमुवाटोल र ढाबौली क्षेत्रमा गरिएको हो ।
‘2004: The Time Trap’ केवल टाइम–ट्राभलको कथा मात्र नभई वर्तमानमा गरिने निर्णयको महत्व सम्झाउने प्रयास भएको निर्देशक बिनय गुप्ता बताउँछन् ।
ठूलो बजेटबिना गाउँमै उपलब्ध स्रोत र प्रविधिको प्रयोग गरेर निर्माण गरिएको यो फिल्मले स्थानीय युवाको सिर्जनशीलता र नयाँ प्रविधिप्रतिको प्रयोगलाई समेत उजागर गरेको छ ।
सानो टिम, सीमित स्रोत र ठूलो सपना बोकेको ‘2004: The Time Trap’ ले अब दर्शकलाई समयको यात्रासँगै एउटा प्रश्नको सामना गराउनेछ– विगत बदल्ने अधिकार पाए पनि के त्यसको परिणाम बदल्ने अधिकार हामीसँग हुन्छ ?
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८३ असोज २ शुक्रबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्





