धनुषाः नेपाल भारत बोर्डर नजिक खेतमा एक युवक मृत फेला

२०८३ श्रावण १४ बिहीबार
बिहान ०९:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारत बोर्डर नजिक एक युवक मृत अवस्थामा फेला परेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनर्बा बोर्डरस्थित युवक मृत फेला परेको हो । 

बोर्डरदेखि करिब १०० मिटर उत्तरतर्फ नेपाली भूमिमा एक खेतमा युवक मृत देखिएका हुन् । युवकको पहिचान खुलेको छैन भने अहिले प्रहरी घटनास्थलमा पुगेको छ । 

ईलाका प्रहरी कार्यालय खजुरीको मातहत रहेको प्रहरीचौकी इनरवा र ईलाका प्रहरीको टोली घटनास्थल पुगेको हो । आज बिहान करिब ७ बजेको समयमा स्थानीय किसानहरु खेततर्फ गएपछि युवकलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । यसबारे विस्तृत विवरण आउन बाँकी छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

Bureau Menus