अर्काकी श्रीमतिसँग घरमै पक्राउ परेका सबैलाका वडाध्यक्ष मियाँ सम्पर्कविहिन, टर्च लिएर खोज्दै प्रहरी

२०८३ श्रावण ६ बुधबार
बिहान ०८:५३ बजे
न्यूज ब्यूरो, डेस्क

शम्भु पण्डित, जनकपुरधाम । गत शुक्रबार अर्काकै श्रीमतिसँग घरमै भेटेका धनुषा सबैला नगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताहिर मियाँ फरार भएको जनाईएको छ । 

शुक्रबार राती स्थानीय एक व्यक्तिका घरमा पसेका आरोप लागेका वडाध्यक्ष ताहिर मियाँ छतबाट कुदेपछि घाईते भएका थिए । अर्काकी श्रीमतिसँग घरमै रँगेहात पक्राउ परेपछि उनी समाजिक कारवाहीबाट बच्न छतबाट हाम फालेका थिए । सो क्रममा उनको खुट्टाको हड्डी भाँचिएको थियो । 

केही दिन अस्पतालमा उपचार गराएका मियाँ अहिले सम्पर्कविहिन भएको जनाईएको छ । ईलाका प्रहरी कार्यालय सबैलामा उजुरी परेको भन्दै उनलाई खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

पर स्त्रीसँग अनैतिक सम्बन्धमा रहेको आरोप लागेका वडाध्यक्ष ताहिर मियाँ अहिले लुकीछिपी अन्यत्र कतै उपचारमा रहेको बुझिएको छ । यस सन्दर्भमा वडाध्यक्षको तर्फबाट कुनै प्रतिक्रिया आएको छैनन भने उनको मोबाईल छतबाट कुदने बेलामा झरेपछि स्थानीयले राखेको बताइन्छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अर्काकी श्रीमतिसँग घरमै पक्राउ परेका सबैलाका वडाध्यक्ष मियाँ सम्पर्कविहिन, टर्च लिएर खोज्दै प्रहरी

  • २०८३ श्रावण ६ बुधबार

शम्भु पण्डित, जनकपुरधाम । गत शुक्रबार अर्काकै श्रीमतिसँग घरमै भेटेका धनुषा सबैला नगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताहिर मियाँ फरार भएको जनाईएको छ ।  शुक्रबार राती स्थानीय एक व्यक्तिका घरमा

पूरा पढ्नुहोस्

Bureau Menus