न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सडकमा बाँधिएको बाख्रा हटाउन भनेपछि सुरु भएको विवादल उग्र रुप लिएपछि एक जना गम्भिर घाईते भई अस्पताल भर्ना भएका छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ३ अगिलेश्वरमा सडका रहेको बाख्रा हटाउन भनेपछि एक टिपर चालकमाथि मरणासन्न हुने गरी कुटपिट भएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने दुई जना फरार रहेका छन् ।
चालक अमन यादव कार्यरत लक्ष्मीनियाँ ३ सपहीस्थित रहेको माँ बसमतिया स्पलायर्स एवम् डिपो सञ्चालक पुण्यप्रताप राउतका अनुसार घटना घर अगाडिको सार्वजनिक सडकमा छाडिएका पाठो बाख्रालाई हटाउन टिपर चालक अमन यादवले हर्न बजाएपछि विवाद सुरु भएको थियो ।
राउतका अनुसार सोही राति करिब ९ः३० बजे सूर्यदेव यादवले उनलाई फोन गरेर धम्की दिएका थिए । आफूले राति आउन अस्वीकार गर्दै भोलिपल्ट बिहान भेट्ने बोलाएका थिए । तर, अमन भने गएनन् । अडियो सुन्नुहोस् ।
त्यसपछि राउत र चालक अमन यादव सँगै खाना खाएर डिपो तर्फ सुत्न जाँदै गरेका बेला बाटोमै सूर्यदेव यादव र उनका दुई छोराले अमनमाथि लाठी तथा मुक्काले निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटपछि उनीहरू अमनलाई नजिकैको नालीमा फालेर फरार भएको बताइएको छ ।
घाइते अमनको चिच्याहट सुनेपछि स्थानीयवासी घटनास्थल पुगेका थिए । उनीहरूले तत्काल प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले गम्भीर अवस्थामा रहेका अमनको उद्धार गरी उपचारका लागि मधेश अस्पताल पुर्याएको थियो ।
धनुषा प्रहरीले मुख्य आरोपित सूर्यदेव यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । फरार रहेका शिव यादव र सुबोध यादवको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
सो घटनामा लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ३ का सूर्यदेव यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । उनी सपहीस्थित स्वास्थ्य निर्देशनालयमा करार सेवामा कार्यालय सहयोगीका रूपमा कार्यरत रहेको बताईएको छ । घटनामा संलग्न रहेको आरोप लागेका उनका दुई छोरा २५ वर्षीय शिव यादव र २० वर्षीय सुबोध यादव भने फरार छन् । सुबोध पनि स्वास्थ्य निर्देशनालयमै करार सेवामा कार्यरत रहेको खुलेको छ ।
गम्भीर घाइते हुनेमा सोही स्थान बस्ने स्थानीय २३ वर्षीय टिपर चालक अमन यादव रहेका छन् । उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?
- २०८३ श्रावण ९ शनिबार
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ । महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
पूरा पढ्नुहोस्




