न्यूज ब्यूरो, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीका लागि अनुमति माग गरेको छ । विभागले वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंमा पत्राचार गर्दै पक्राउ अनुमति मागेको हो ।
विभागका अनुसार वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेर सम्पर्कविहीन भएका तथा हालसम्म फरार रहेका प्रतिवादीविरुद्ध अनुसन्धानका क्रममा पर्याप्त प्रमाण फेला परेकाले पक्राउ अनुमति मागिएको हो । प्रतिवादीहरूले पीडितबाट रकम बुझेको बैंक विवरण, कागजात तथा अन्य प्रमाण अनुसन्धानका क्रममा संकलन गरिएको विभागले जनाएको छ ।
पक्राउ अनुमति मागिएका व्यक्तिहरूमा सिन्धुली मरिण गाउँपालिका–३ का टेकबहादुर विक, धादिङ सिद्धलेक गाउँपालिका–५ का मिनु गुरुङ र धादिङ सिद्धलेक गाउँपालिका–६ का ३७ वर्षीय भगवती गुरुङ रहेका छन् ।
विभागले सम्बन्धित व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिन, आवश्यक प्रमाण सुरक्षित गर्न तथा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कानुनी प्रक्रिया अगाडि बढाउन न्यायाधिकरणसँग अनुमति मागेको जनाएको छ । साथै, उनीहरूको अवस्थाबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा वैदेशिक रोजगार विभागलाई जानकारी गराइदिन पनि अनुरोध गरिएको छ ।
तीनै जनाले वैदेशिक रोजागरीमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगेर भारत भागेको बताईएको छ । एक युवकको १६ लाख रुपैयाँ लिएर फरार भएको बताईएको छ । उनीहरुलाई प्रहरीले फरार सूचिमा राखी पक्राउ गर्ने तयारी गरेको हो ।
बच्चा खेलाउँदै बाँदर
- २०८३ श्रावण ८ शुक्रबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्


