न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाको लहानमा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले गोली प्रहार गरी ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक भारतीय नागरिकसहित दुई जनाको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले बिहीबार दिउँसो लहान नगरपालिका–स्थित हस्पिटल चोक क्षेत्रमा शंकास्पद समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको स्रोतले जनाएको छ ।
घटनापछि प्रहरीले भारतको बिहार राज्यका २२ वर्षीय बिद्यानन्द यादवसहित ६ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा सप्तरीको रुपनी गाउँपालिका–४ का ४० वर्षीय मो. नसिर, बोदे बरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मो. जमाहिर आलम, बोदे बरसाइन नगरपालिका–२ का २४ वर्षीय बैजनाथ प्रसाद यादव र डाक्नेश्वरी नगरपालिका–२ का ३२ वर्षीय मो. ईमामुद्दिन रहेका छन् ।
प्रहरीका अनुसार बिद्यानन्द यादव र मो. नसिरको खुट्टामा गोली लागेको छ । दुवैको उपचार भइरहेको छ र उनीहरूको अवस्था नियन्त्रणमा रहेको जनाइएको छ ।
पक्राउ परेकाहरूको साथबाट करिब २४३ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) बरामद गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रारम्भिक विवरणमा २२५ ग्राम भनिए पनि पछिल्लो प्रहरी विवरणअनुसार २४३ ग्राम ब्राउन सुगर बरामद भएको उल्लेख गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु
- २०८३ श्रावण ७ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख
पूरा पढ्नुहोस्


