सवारी ज्यान मुद्दामा वडाध्यक्ष कोईरीसहित दुई जना पक्राउ, मुद्दा चलाईयो

२०८३ श्रावण २६ मंगलबार
बिहान ०८:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट ।  रौतहटको मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरीसहित दुई जना सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडाध्यक्ष कोइरी र सोही वडाका २८ वर्षीय त्रिकिशोर कुशवाहा रहेका छन् । दुवै जनालाई सोमबार पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार २०८२ साल असार ६ गते दिउँसो करिब १ः४० बजे मौलापुर नगरपालिका–३ स्थित विद्युत् कार्यालय नजिक मौलापुर–जयनगर सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

वडाध्यक्ष कोइरीले चलाएको ना।२५ प १२२५ नम्बरको मोटरसाइकल र त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा त्रिकिशोरको मोटरसाइकलको पछाडि सवार स्थानीय २० वर्षीय निरज कुशवाहा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते निरजको उपचारका क्रममा गत माघ १७ गते बिहान करिब १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

निरजको मृत्यु भएपछि घटनालाई लिएर सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । सोही मुद्दामा फरार रहेका वडाध्यक्ष कोइरी र मोटरसाइकल चालक त्रिकिशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसीले बताएका छन् ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८३ श्रावण २६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus