सशस्त्र प्रहरी धनुषा र जनकपुर न्यूरो हस्पिटलबीच प्रहरी उपचार राहत कार्यक्रममा सम्झौता

२०८३ श्रावण २६ मंगलबार
बिहान १०:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सशस्त्र प्रहरी बल ८ नं. गण धनुषा र  जनकपुरधामस्थित न्यूरो हस्पिटलबीच उपचार राहत कार्यक्रममा सम्झौता भएको छ । 

सोमबार एक कार्यक्रमबीच जनकपुर न्यूरो हस्पिटलमा सशस्त्र प्रहरी बल धनुषा ८ नं. गणका प्रमुख (एसपी) भिम बहादुर बिष्ट र जनकपुर न्यूरो हस्पिटलका प्रबन्धक अजय कुमार राउतबीच सम्झौता हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार, सशस्त्र प्रहरीबलका पदाधिकारी, जवान, कर्मचारीलाई न्यूरो हस्पिटलमा विशेष राहत सेवा उपलब्ध गराइने छ । सशस्त्र प्रहरीका जवान कर्मचारीहरुलाई उपचारमा सहुलियत दिने सम्झौता भएको हो । हस्पिटलमा लाग्ने खर्चमा सहुलित र राहत प्रदान गर्ने सहमति भएको प्रबन्धक अजय कुमार राउतले बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यूपीमा दाजु भेटन जेल जाँदै गरेका अतीक अहमदका कान्छा छोरा अबान अहमद सडक दुर्घटनामा मृत्यु

  • २०८३ श्रावण २६ मंगलबार

न्यूज ब्यूरो । भारतको उत्तर प्रदेशका चर्चित पूर्व सांसद तथा माफिया सरगना अतीक अहमदका कान्छा छोरा अबान अहमदको सडक दुर्घटनामा मृत्यु भएको छ ।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार झाँसी जिल्लामा तीव्र गतिमा

पूरा पढ्नुहोस्

Bureau Menus