रसुवाको बाढीपछि जलविद्युत आयोजनामा कार्यरत सिरहाका इन्जिनियर रोशन साह सम्पर्कविहीन

२०८३ भदौ १३ शनिबार
बिहान ०९:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अपर त्रिशूली जलविद्युत आयोजनामा कार्यरत सिरहाका एक इन्जिनियर सम्पर्कविहीन भएका छन् ।

सिरहाको कल्याणपुरका इन्जिनियर रोशन साह बाढी आएपछि हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको भन्दै उनको खोजीका लागि सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अपिलअनुसार साह २१६ मेगावाट क्षमताको अपर त्रिशूली जलविद्युत आयोजनामा डुसान हाइड्रोपावरसँग सम्बन्धित काममा कार्यरत थिए । बाढीपछि उनीसँग कुनै सम्पर्क हुन नसकेको र उनको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको उल्लेख गरिएको छ ।

अपिलमा साहसँगै काम गर्ने वा घटनास्थल नजिक रहेका व्यक्तिहरूलाई उनको अवस्थाबारे जानकारी भए परिवारलाई खबर गरिदिन आग्रह गरिएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवास्थित जलविद्युत आयोजना तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत धेरै व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि विभिन्न जिल्लाका नागरिक बेपत्ता भएको विवरणसमेत सार्वजनिक भइरहेको छ ।

रोशन साहको अवस्थाबारे आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी छ । परिवार तथा आफन्तले उनको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेका छन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus