भोटेकोशी बाढीको बितण्डाः नुवाकोट र धादिङमा ७ जनाको लास फेला, अझै भेटिदै

२०८३ भदौ १० बुधबार
दिउसो २:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ । भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म ७ जनाको शव फेला परेको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा गरी ७ जनाको शव फेला परेको हो । नुवाकोटको नदी किनारमा ३ जना र धादिङमा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख रेग्मीले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा घाइतेहरूको उद्धारसँगै फेला परेका शव संकलनको काम भइरहेको जानकारी दिए ।

बाढीका कारण अझै केही व्यक्ति बेपत्ता रहेको सूचना आइरहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अवस्था रहेको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान

  • २०८३ भदौ १० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै रु. ६० करोड ५५ लाख

पूरा पढ्नुहोस्

Bureau Menus