जनकपुरमा नेपालको पहिलो हाइब्रिड मोडल रकेट ‘गरुडा’को उडान परीक्षण सफल

२०८३ भदौ ११ बिहीबार
रति ९:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा विकास गरिएको पहिलो हाइब्रिड मोडल रकेट ‘गरुडा’को उडान परीक्षण सफल भएको छ ।

नेपालका युवा वैज्ञानिकले विकास गरेको ‘गरुडा’ रकेटको परीक्षण बिहीबार धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, तीनतलेस्थित नेपाली सेनाको फायरिङ रेन्जमा गरिएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) र म्याक २४ अर्बिटल्सको सहकार्यमा विकास गरिएको रकेटलाई एक किलोमिटर उचाइसम्म परीक्षण गर्ने लक्ष्यसहित प्रक्षेपण गरिएको थियो । तर, ‘गरुडा’ एक किलोमिटरभन्दा माथिको उचाइमा पुगेको नास्टका प्रविधि सङ्काय प्रमुख इन्जिनियर रोशन पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार रकेटले अपेक्षित उचाइ पार गर्नु नेपालका लागि महत्वपूर्ण प्राविधिक उपलब्धि हो । यसले नेपालमै एक किलोमिटरभन्दा माथिको रेन्जमा रकेट परीक्षण गर्न सक्ने क्षमता विकास भएको देखाएको उहाँले बताउनुभयो ।

‘गरुडा’को सफल परीक्षणसँगै आगामी दिनमा पाँचदेखि १० किलोमिटरसम्मको उचाइमा रकेट परीक्षण गर्न सकिने विश्वाससमेत इन्जिनियर पाण्डेले व्यक्त गर्नुभयो ।

नास्टको स्पेस रिसर्च सेन्टर र म्याक २४ अर्बिटल्सको सहकार्यमा रकेट विकास गरिएको हो । यसको परीक्षणका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका निकायले सहयोग गरेका थिए ।

नेपालमा रकेट तथा अन्तरिक्ष प्रविधिसम्बन्धी अनुसन्धान, विकास र परीक्षण क्षमता विस्तार गर्ने उद्देश्यले गरिएको यो परीक्षणलाई स्वदेशमै रकेट प्रविधिको विकासतर्फको महत्वपूर्ण प्रारम्भिक उपलब्धिका रूपमा लिइएको छ ।

सफल परीक्षणले नेपालमा अन्तरिक्ष तथा रकेट प्रविधिको अनुसन्धानमा युवा वैज्ञानिकको सहभागिता र स्वदेशमै प्रक्षेपण तथा परीक्षण क्षमता विकासको सम्भावनालाई समेत थप बलियो बनाएको छ ।

 

  • 0%
  • 0%
  • 20%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ भदौ ११ बिहीबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus