न्यूज ब्यूरो, काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा जनजीवन प्रभावित भएपछि हिन्दू स्वयंसेवक संघ नेपाल र विश्व हिन्दू परिषद् नेपालका स्वयंसेवकहरू उद्धार, राहत तथा मानवीय सेवामा परिचालित भएका छन् ।
बाढी तथा डुबानका कारण जोखिममा परेका नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा आवश्यक राहत सामग्री उपलब्ध गराउन स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।
टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिने, तत्काल आवश्यकताको पहिचान गर्ने तथा स्थानीय तह, प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहतका काम अघि बढाइरहेको जनाइएको छ ।
प्रभावित क्षेत्रमा पुगिसकेका स्वयंसेवकहरूले स्थानीय आवश्यकता र परिस्थितिअनुसार उद्धार, राहत वितरण तथा अन्य मानवीय सेवाका कार्यलाई प्राथमिकता दिएका छन् ।
यसैबीच विश्व हिन्दू परिषद् नेपालले देशभर रहेका आफ्ना स्वयंसेवक तथा कार्यकर्तालाई आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा परिचालित हुन आह्वान गरेको छ । विपद्को यस कठिन परिस्थितिमा अन्य सामाजिक संघ–संस्था तथा स्वयंसेवकहरूलाई समेत उद्धार, राहत र मानवीय सेवामा एकजुट भएर सहयोग गर्न आग्रह गरिएको छ ।
बाढीका कारण भएको जनधनको क्षतिप्रति हिन्दू स्वयंसेवक संघ नेपाल र विश्व हिन्दू परिषद् नेपालले दुःख व्यक्त गरेका छन् । बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
जनकपुरः ग्यास व्यवसायी संघ धनुषाका अध्यक्षकै पसलमा छापामारी, १३१ ग्यास बरामद, कारवाहीको तयारी
- २०८३ भदौ १२ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले सँचालन गर्दै आएको सागर ट्रेडर्सबाट भारी सँख्यामा ग्यास बरामद भएको छ । बजारमा ग्यसाको अभाव सृजना भएको बेला संघका अध्यक्ष
पूरा पढ्नुहोस्


