न्यूज ब्यूरो, जनकपुरधाम । रसुवामा आएको बाढीपहिरोपछि सम्पर्कविहीन भएका इन्जिनियर अजय प्रसाद सिंहका दुईवटा मोबाइल नम्बर रसुवा जिल्लाका विभिन्न स्थानमा ट्रेस भएको पाइएको छ ।
प्राप्त विवरणअनुसार भदौ १० गते दिउँसो १२ः५१ बजे सिंहले प्रयोग गर्दै आएको एनसेलको ९८२३८०३१०० नम्बर उत्तरगया गाउँपालिका, रसुवामा ट्रेस भएको थियो । उक्त समयमा मोबाइलको स्थान २८.०९३६७ अक्षांश र ८५.२११६२ देशान्तरमा देखिएको विवरणमा उल्लेख छ ।
त्यसैगरी सोही दिन साँझ ५ः३० बजे सिंहको नेपाल टेलिकमको ९८४४४०५९९३ नम्बर रसुवाको राम्चे क्षेत्रमा ट्रेस भएको जनाइएको छ ।
सिंहका दुवै मोबाइल नम्बर काठमाडौंमा प्रहरीले निरन्तर ट्रेस गरिरहेको बताइएको छ । उनी सम्पर्कविहीन भएपछि मोबाइलको लोकेसनका आधारमा सम्भावित स्थान पहिचान गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने परिवार तथा आफन्तको माग छ ।
सिंहका एनसेल नम्बर ९८२३८०३१०० र नेपाल टेलिकमको ९८४४४०५९९३ नम्बरमा देखिएको पछिल्लो लोकेसनले उनी रसुवाकै क्षेत्रमा रहेको हुनसक्ने आशंका थप बलियो बनाएको छ ।
प्रहरीले मोबाइल लोकेसन तथा अन्य प्राविधिक माध्यमबाट सिंहको खोजीलाई निरन्तरता दिइरहेको बताइएको छ ।
किसानदेखि आम उपभोक्तासम्मका समस्या उठाउँदै धनुषामा नेकपाको ज्ञापनपत्र
- २०८३ भदौ १२ शुक्रबार
नेपाली कम्युनिष्ट पार्टी जिल्ला कमिटी धनुषाले जिल्लामा आम नागरिक तथा किसानले भोग्दै आएका जनजीविकासँग सम्बन्धित समस्या तत्काल समाधान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामार्फत सरकारको ध्यानाकर्षण गराएको छ। जिल्ला कमिटीले
पूरा पढ्नुहोस्


