मानवीय संवेदनाः रसुवा बाढीमा बगेर आएको लासको कानबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

२०८३ भदौ ११ बिहीबार
बेलुकी ६:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, चितवन । रसुवामा आएको भीषण बाढीले बगाएर ल्याएको शवको कानबाट सुनको मुन्द्रा लुछेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका–५ चाँदबेला घर भई भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो ।

बाढीले बगाएर ल्याएको शव चितवनमा फेला परेपछि त्यसको कानमा रहेको सुनको मुन्द्रा लुछेको दृश्य सामाजिक सञ्जालमा भिडियोमार्फत सार्वजनिक भएको थियो । उक्त भिडियोका आधारमा प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरेको थियो ।

भिडियोमा देखिएको हुलिया तथा अन्य विवरणका आधारमा अनुसन्धान गर्दै प्रहरीले गुरुङ र चौधरीलाई पक्राउ गरेको एसपी पौडेलले बताए ।

पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका व्यक्तिको शवबाट समेत गहना लुटिएको घटना सार्वजनिक भएपछि घटनाप्रति सामाजिक सञ्जालमा व्यापक आक्रोश व्यक्त भइरहेको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नेपालका आम सर्वसाधारणमा ‘घण्टा भाइरस’ को त्रास

  • २०८३ भदौ ११ बिहीबार

नेपालमा पछिल्ला केही वर्षयता एउटा नयाँ "भाइरस" फैलिएको चर्चा हुन थालेको छ । यसको नाम वैज्ञानिकहरूले होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताले राखेका हुन्:- "घण्टा भाइरस" । घण्टा भाइरसले शरीरलाई होइन, बहस गर्ने शैलीलाई

पूरा पढ्नुहोस्

Bureau Menus