प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी धन्दा चलाउने रामेछापका भगवान पक्राउ

२०८३ भदौ १४ आइतबार
बिहान ११:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार तथा राहत सङ्कलनका लागि नेपाल सरकारद्वारा जारी गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा मानिसहरूलाई भ्रममा पारी ठगी धन्दा चलाउने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. २ ठोसे बस्ने ३२ वर्षीय भगवान कार्कीले आफूले कोषमा एक लाख २० हजार रुपैयाँ सहयोग गरेको भनी च्याट जीपिटी को प्रयोग गरी ईसेवाको नक्कली स्टेटमेन्ट तयार पारेका थिए।

उक्त बनावटी स्टेटमेन्टमा आफ्नै क्यूआर कोड समेत समावेश गरी सामाजिक सञ्जालहरूमा पोस्ट गरेर मानिसहरूलाई भ्रमित पारी ठगी गर्ने कार्यमा संलग्न रहेको फेला परेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले आज उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मन्थली, रामेछापका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल राउतका अनुसार पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान कार्य भइरहेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ भदौ १४ आइतबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus