कमला नपाको लक्ष्मी युवा सेवा समितिद्धारा प्रधानमन्त्री कोषमा नगद सहयोग

२०८३ भदौ १४ आइतबार
बिहान ०९:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्युज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयास्थित स्थापना गरिएको जय माँ लक्ष्मी युवा समितिले प्रधानमन्त्री विपद कोषमा रकम सहयोग गरेको छ । 

माचि ग्रामवासीमध्ये वैदेशिक रोजगारीमा रहेका युवा, वयश्यहरुले मिलेर कोषमा १५ हजार रुपैयाँ जम्मा गरेको बताईएको छ । सोही गाउँका व्यक्तिलाई परेको बेला सहयोग गर्ने उदेश्यले खोलिएको सो सँस्था रसुवा बाढी पीडितका लागि समेत १५ हजार रुपैयाँ सहयोग गरेको हो । 

माचि ग्रामवासीलाई आपत परेको बेला, गरिब, निमुखलाई आवश्यकता परेको बेला सहयोग गर्ने उदेश्यले सो वैदेशिक रोजगारीमा रहेका सो गाउँका युवाहरुले रकम जम्मा गर्ने सुरु गरेको छ । 

अहिले केही जना मात्र सम्पर्कमा रहेको तथा गाउँका सबै जनालाई सम्पर्कमा ल्याएर सहयोग रकम जम्मा गर्ने तयारी गरिएको सँस्थाका साधु यादवले जानकारी दिए । उनले तत्काल बाढी पीडितका लागि सानो रकम सँस्थाको तर्फबाट सहयोग गरेको बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०८३ भदौ १४ आइतबार

Bureau Menus