न्यूज ब्यूरो, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिस्ट्रार पदका लागि मिथिलाका सुपुत्र डा। अरुण कुमार सिंह राजपूत पहिलो नम्बरमा सर्टलिस्ट भएका छन् ।
प्रतिष्ठानको बालरोग विभागमा सह–प्राध्यापकका रूपमा कार्यरत डा. सिंह रजिस्ट्रार पदका लागि छनोट सूचीमा पहिलो स्थानमा परेपछि उनलाई उनका समर्थक, शुभचिन्तक, आफन्तजनहरुले विभिन्न माध्यमबाट छनौटका लागि शुभकामना दिएका छन् ।
मिथिलाको माटोका प्रतिभाशाली तथा समर्पित व्यक्तित्वका रूपमा चिनिएको भन्दै डा. सिंहले स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएको दाबी गरिएको छ । उनको ज्ञान, अनुभव, नेतृत्व क्षमता तथा कार्यकुशलताले प्रतिष्ठानको शैक्षिक, स्वास्थ्य तथा प्रशासनिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
रजिस्ट्रार पदका लागि पहिलो स्थानमा सर्टलिस्ट भएसँगै डा. सिंहको आगामी अन्तर्वार्ता र सम्भावित नियुक्तिलाई लिएर मिथिला क्षेत्रमै चासो बढेको छ ।
डा. सिंहले आगामी अन्तर्वार्तामा समेत उत्कृष्ट प्रदर्शन गर्दै रजिस्ट्रार पदमा नियुक्ति हासिल गर्ने विश्वाससहित शुभेच्छुकहरूले उनलाई बधाई तथा सफलताको शुभकामना दिएका छन् ।
डा. सिंहको सम्भावित नियुक्तिले प्रतिष्ठानको प्रशासनिक नेतृत्वमा समेत नयाँ ऊर्जा र प्रभावकारी कार्यसम्पादनको अपेक्षा गरिएको छ ।
अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?
- २०८३ भदौ १० बुधबार
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ । महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
पूरा पढ्नुहोस्







