न्यूज ब्यूरो, जनकपुरधाम । राजपूत क्षत्रिय समाज नेपाल, जनकपुरधामको पाँचौँ जिल्ला अधिवेशनबाट नवलकिशोर सिंह राजपूत अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट राजपूत निर्विरोध अध्यक्षमा चयन भएपछि समाजका सदस्य तथा शुभेच्छुकहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
नवनिर्वाचित अध्यक्ष राजपूतको नेतृत्वमा समाजमा एकता, सद्भाव, आपसी भाइचारा तथा संगठनात्मक सुदृढता थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।
समाजका सदस्यहरूले सामाजिक एकता, सांस्कृतिक संरक्षण, शैक्षिक विकास तथा सामुदायिक हितका क्षेत्रमा प्रभावकारी काम गर्न नयाँ नेतृत्वले प्राथमिकता दिने अपेक्षा गरेका छन् ।

अधिवेशनबाट निर्विरोध अध्यक्षमा चयन भएका राजपूतलाई समाजका सदस्यहरूले समुदायको भावना, विचार र अपेक्षालाई सम्मान गर्दै सामाजिक हितमा सकारात्मक तथा रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
नयाँ नेतृत्वले समाजको गौरव, प्रतिष्ठा र पहिचानलाई राष्ट्रिय स्तरमा थप सुदृढ बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै समाजमा आपसी सद्भाव, सहयोग, भाइचारा र सम्मानको भावना अझ प्रगाढ बनाउँदै सामाजिक, सांस्कृतिक तथा सामुदायिक क्षेत्रमा उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गरिएको छ ।
राजपूत क्षत्रिय समाज नेपालका सदस्यहरूले नवनिर्वाचित अध्यक्ष राजपूतको कार्यकाल सफल, उपलब्धिपूर्ण र समाजको हितमा समर्पित रहोस् भन्दै शुभकामना दिएका छन् ।
सम्पादकीयः एउटा शब्दको भूल, समाजमा ठूलो असर, संयमित बनौँ
- २०८३ भदौ ८ सोमबार
पत्रकारिताको पहिलो धर्म सत्य हो । सत्यको खोजी, तथ्यको पुष्टि र जिम्मेवार प्रस्तुति पत्रकारिताका आधारभूत मान्यता हुन् । तर कहिलेकाहीँ हतार, अपूर्ण सूचना वा स्रोतको भनाइमा निर्भर हुँदा समाचारमा त्रुटि
पूरा पढ्नुहोस्




