'मोहम्मद जन्मदिन' मा नेपालमा मुस्लिमहरुलाई आज विदा, मुस्लिम राष्ट्र साउदी अरब, कतारमा छैन विदा

२०८३ भदौ १० बुधबार
बिहान ०८:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा आज मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको छ । तर इस्लाम धर्मका प्रमुख केन्द्र तथा मुस्लिम बहुल राष्ट्र साउदी अरब र कतारमा भने मोहम्मद जन्मदिनका अवसरमा सार्वजनिक बिदाको व्यवस्था छैन ।

गृह मन्त्रालयले सार्वजनिक गरेको २०८३ सालको बिदासम्बन्धी सूचनामा मोहम्मद जयन्ती परेको भन्दै २०८३ भदौ १० गते मुस्लिम समुदायका लागि बिदा हुने उल्लेख गरेको छ । गृह मन्त्रालयको सूचनाअनुसार आज मुस्लिम समुदायका लागि बिदा कायम गरिएको हो । 

तर साउदी अरबको आधिकारिक सार्वजनिक बिदाको सूची हेर्दा मोहम्मद जन्मदिनलाई सार्वजनिक बिदाका रूपमा समावेश गरिएको छैन । साउदी सरकारको राष्ट्रिय पोर्टलमा सार्वजनिक बिदाका रूपमा ईद अल–फित्र, ईद अल–अधा र राष्ट्रिय दिवस उल्लेख छन् । 

साउदी केन्द्रीय बैंकको आधिकारिक बिदा सूचीमा समेत ईद अल–फित्र, ईद अल–अधा, राष्ट्रिय दिवस तथा स्थापना दिवसजस्ता बिदा उल्लेख छन् । मोहम्मद जन्मदिन उक्त सूचीमा छैन । 

कतारको आधिकारिक सरकारी विवरणमा पनि सार्वजनिक बिदाका रूपमा शुक्रबार र शनिबारको साप्ताहिक बिदा, राष्ट्रिय दिवस, राष्ट्रिय खेलकुद दिवस तथा ईद अल–फित्र र ईद अल–अधा उल्लेख छन् । मोहम्मद जयन्तीलाई छुट्टै सार्वजनिक बिदाका रूपमा उल्लेख गरिएको छैन । 

यसरी हेर्दा नेपालमा मुस्लिम समुदायका लागि मोहम्मद जयन्तीमा बिदा दिइएको छ भने इस्लामलाई आधिकारिक धर्म मान्ने कतार र साउदी अरबमा मोहम्मद जन्मदिनलाई नियमित सार्वजनिक बिदाको सूचीमा राखिएको छैन ।

साउदी अरब इस्लामको जन्मभूमि तथा मक्का–मदिनाजस्ता इस्लामका प्रमुख पवित्रस्थल रहेको मुलुक हो । कतारले पनि इस्लामलाई आफ्नो आधिकारिक धर्म मानेको छ । 

यही कारण नेपालमा मोहम्मद जयन्तीका अवसरमा दिइने सामुदायिक बिदाको विषय अहिले सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म चर्चाको विषय बन्न थालेको छ ।

इस्लाम धर्मका प्रमुख राष्ट्रहरू साउदी अरब र कतारले समेत मोहम्मद जन्मदिनलाई सार्वजनिक बिदाको सूचीमा नराखेको अवस्थामा नेपालमा मुस्लिम समुदायका लागि यो दिन सार्वजनिक बिदा दिनुपर्ने आधार र औचित्य के हो ? भनेर प्रश्न समेत उठेको छ ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकाले विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायका पर्वमा सम्बन्धित समुदायका लागि बिदा दिने व्यवस्था गरेको छ । तर यस्तो बिदाको मापदण्ड, आवश्यकता र राज्यको धर्मनिरपेक्ष चरित्रसँग यसको सम्बन्धबारे भने पुनः बहस आवश्यक देखिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८३ भदौ १० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus