न्यूज ब्यूरो, जनकपुरधाम । यस वर्षको भदौ महिनामा लगातार तीनपटक तीन–तीन दिन बिदा परेको छ । चाडपर्व तथा नियमित साप्ताहिक बिदा एकैपटक परेपछि सरकारी कार्यालय, शैक्षिक संस्था तथा विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी र विद्यार्थीलाई लामो बिदाको अवसर मिल्ने भएको हो ।
भदौ १२ गते रक्षाबन्धन पर्व परेको छ । त्यसपछि भदौ १३ गते शनिबार र १४ गते आइतबार परेकाले लगातार तीन दिन बिदा हुनेछ ।
त्यसैगरी भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा परेको छ । भदौ २० गते शनिबार र २१ गते आइतबार परेकाले पुनः लगातार तीन दिन बिदा हुनेछ ।
यस्तै, भदौ २७ गते शनिबार र २८ गते आइतबारको नियमित साप्ताहिक बिदापछि भदौ २९ गते तीज पर्व परेको छ । यससँगै तेस्रोपटक पनि लगातार तीन दिन बिदा हुनेछ ।
यसरी भदौ महिनामा रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी र तीज पर्वका कारण शनिबार तथा आइतबारसँग जोडिएर तीनपटक तीन–तीन दिनको बिदा परेको हो ।
लगातार लामो बिदा परेसँगै चाडपर्व मनाउन घर जाने, आफन्त तथा परिवारसँग समय बिताउने र धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुनेहरूलाई सहज हुने देखिएको छ ।
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०८३ भदौ ९ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्



