जनकपुरको माँ जानकी डेरीद्वारा भोटेकोशी बाढीपीडितका लागि ५१ हजार सहयोग

२०८३ भदौ १७ बुधबार
बिहान ०९:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि माँ जानकी डेरी उद्योग प्रा। लि। ले ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

डेरी उद्योगका सञ्चालक सन्तोष कुमार सिंहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले सिंहले आर्थिक सहयोग गरेको जनाइएको छ । विपद्का बेला व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उनले राहत कोषमा रकम प्रदान गरेका हुन् ।

भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रका नागरिक प्रभावित भइरहेका बेला राहत तथा उद्धारका लागि राज्यसँगै निजी क्षेत्र, व्यवसायी तथा विभिन्न संघसंस्थाबाट सहयोग जुटिरहेको छ ।

सिंहको सहयोगले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सन्देश दिएको छ । साथै, विपद्को समयमा सक्षम व्यक्ति तथा संघसंस्थालाई राहत तथा उद्धार अभियानमा सहयोग गर्नसमेत आग्रह गरिएको छ ।

 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ भदौ १७ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus