नगरपालिकावसाीलाई ५० युनिटसम्म विद्युत् महसुल छुट, क्षीरेश्वरनाथ नगरपालिकाले माग्यो आवेदन

२०८३ भदौ १६ मंगलबार
बिहान ०८:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । क्षीरेश्वरनाथ नगरपालिकाले नगरवासीलाई ५० युनिटसम्मको विद्युत् महसुलमा छुट तथा सहुलियत उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार घरायसी प्रयोजनमा खपत हुने ५० युनिटसम्मको विद्युत् महसुलमा छुट तथा सहुलियत उपलब्ध गराउन योग्य नगरवासीबाट आवेदन माग गरेको हो ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार क्षीरेश्वरनाथ नगरपालिका क्षेत्रभित्र स्थायी रूपमा बसोबास गर्दै आएका तथा घरायसी प्रयोजनका लागि विद्युत् सेवा प्रयोग गरिरहेका योग्य नगरवासीले तोकिएको मापदण्ड र प्रक्रियाअनुसार आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी बसोबास प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो विद्युत् महसुल बिलको प्रतिलिपि, विद्युत् ग्राहक नम्बर÷मिटर नम्बर स्पष्ट खुलेको कागजात तथा नगरपालिकाले आवश्यक ठानेका अन्य प्रमाण पेस गर्नुपर्नेछ ।

नगरपालिकाका सम्बन्धित शाखा वा कार्यालयबाट आवेदन फाराम प्राप्त गरी सोही स्थानमा बुझाउन सकिने सूचनामा उल्लेख छ ।

नगरपालिकाले विद्युत् महसुल छुट तथा सहुलियत स्वीकृत मापदण्ड, कार्यविधि तथा निर्णयअनुसार मात्र उपलब्ध गराइने जनाएको छ । एक विद्युत् ग्राहक नम्बर÷मिटरका लागि एकपटक मात्र आवेदन स्वीकार गरिनेछ ।

गलत विवरण वा झुटा कागजात पेस गरी सुविधा लिन खोजेमा आवेदन रद्द गरी प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।

नगरपालिकाले आवेदन फाराममा उल्लेख गरिएको नाम, नागरिकता नम्बर, ग्राहक नम्बर, मिटर नम्बर तथा विद्युत् मिटरसम्बन्धी विवरण कागजातसँग मिलान गरिने जनाएको छ ।

विद्युत् महसुल छुट पाउनेसम्बन्धी अन्तिम निर्णय नगरपालिकाले स्वीकृत गरेको मापदण्ड तथा उपलब्ध बजेटको सीमाभित्र रही गरिने सूचनामा उल्लेख छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नगरपालिकावसाीलाई ५० युनिटसम्म विद्युत् महसुल छुट, क्षीरेश्वरनाथ नगरपालिकाले माग्यो आवेदन

  • २०८३ भदौ १६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । क्षीरेश्वरनाथ नगरपालिकाले नगरवासीलाई ५० युनिटसम्मको विद्युत् महसुलमा छुट तथा सहुलियत उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार घरायसी प्रयोजनमा खपत हुने ५० युनिटसम्मको

पूरा पढ्नुहोस्

Bureau Menus