न्यूज ब्यूरो, नुवाकोट । बाढी प्रभावित क्षेत्र नुवाकोटको एउटा घरभित्रबाट २४ वटा शव फेला परेको छ।
सोमबार विदुर नगरपालिका वडा नं. १० स्थित बेत्रावतीमा रहेको एउटा घरबाट २४ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए।
उनका अनुसार घरभित्र आज पनि खोजी हुँदैछ।
‘बेत्रावतीको एउटा घरमा २४ वटा शव फेला परेको छ। अरू खोज्दैछौं। आजसम्म कति वटा छन् भन्ने यकिन विवरण आउँछ,’ उनले भने।
उक्त घर कसको र एकै घरमा ठूलो संख्यामा शव फेला पर्नुको कारणबारे बुझ्ने काम भइरहेको बताए।
‘घर कसको हो भन्ने बुझ्न पाएका छैनौं। वडाध्यक्षज्यूको सम्पर्क हुन सकेको छैन। होटल वा गेस्ट हाउस जस्तो पनि देखिन्छ तर यकिन हुन सकेको छैन। कन्फर्म गर्ने प्रयास गर्दैछौं,’ उनले भने।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। सोमबारसम्म ९ सय भन्दा बढीको शव फेला परिसकेको छ भने हजारौंको संख्यामा मानिसहरू सम्पर्कबिहीन छन्।
तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएर खोजी तथा उद्धारको काम गरिरहेका छन्।
बच्चा खेलाउँदै बाँदर
- २०८३ भदौ १६ मंगलबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्





