न्यूज ब्यूरो, जनकपुरधाम । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि धनौजी गाउँपालिकाले २२ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग गर्ने भएको छ ।
धनौजी गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी गाउँपालिकाका जनप्रतिनिधि, कार्यरत कर्मचारी तथा शिक्षकहरूको मासिक पारिश्रमिकबाट कट्टा गरी थप १५ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको हो ।
गाउँपालिकाले प्राकृतिक विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ । साथै विपद्बाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनर्स्थापना र सहज जनजीवनको कामना गरेको छ ।
‘विपद्ले दिएको यो चोट केवल एउटा भूगोल वा समुदायको पीडा होइन, सम्पूर्ण राष्ट्रको साझा पीडा हो,’ गाउँपालिकाको विज्ञप्तिमा भनिएको छ ।
गाउँपालिकाले विपद्को समयमा राज्य, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिक सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।
धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास र गाउँपालिका अध्यक्ष राजकुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्का बेला पीडित नागरिकलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
गाउँपालिकाले देशको कुनै कुनामा परेको पीडा सम्पूर्ण नेपालीको साझा पीडा भएको भन्दै भोटेकोशी बाढी प्रभावितका लागि सहयोगमा जुट्न सबैलाई आग्रह गरेको छ ।
बाढी प्रभावित विद्यार्थीको शिक्षाका लागि 'ग्रेस इन्टरनेसनल ग्रुप' ले दियो २५ लाख सहयोग
- २०८३ भदौ १५ सोमबार
काठमाडौं । बाढी तथा विपद्का कारण प्रभावित विद्यार्थीहरूको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ग्रेस इन्टरनेसनल ग्रुपले २५ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रेस इन्टरनेसनलका सह–संस्थापक
पूरा पढ्नुहोस्






