'Madheshi Dhoti Go Back'भनेर आपत्तिजनक अभिव्यक्ति लेखेको आरोपमा एक जना पक्राउ

२०८३ भदौ २१ आइतबार
बेलुकी ६:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । सार्वजनिक स्थानमा मधेशी समुदायलाई लक्षित गरी भड्काउ तथा आपत्तिजनक अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको बाक्सिला नगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–३१, शंखमूल बस्दै आएका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले गुरुङलाई शंखमूलबाट नियन्त्रणमा लिएको हो । प्रहरीले सार्वजनिक स्थलमा मधेशी समुदाय लक्षित अभिव्यक्ति लेखेको आरोपमा उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार गुरुङविरुद्ध सार्वजनिक शान्तिमा खलल पार्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । सार्वजनिक स्थानमा लेखिएका अभिव्यक्तिले सामाजिक सद्भावमा असर पार्ने तथा द्वन्द्व भड्काउन सक्ने भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले घटनामा प्रयोग भएका सामग्री तथा सार्वजनिक स्थानमा लेखिएका अभिव्यक्तिबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

एउटै ठाउँमा एक समुदायलाई बजेट, अर्कोलाई रोक ! गापा अध्यक्ष यादवले जातीय विभेद गरेको आरोप

  • २०८३ भदौ २१ आइतबार

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–३ बन्चटोलवामा मन्दिर निर्माणको विषयले अहिले जातीय विभेददेखि सार्वजनिक जग्गाको प्रयोग र सरकारी बजेट विनियोजनसम्मका गम्भीर प्रश्न उठाएको छ । दलित समुदायले पुस्तौँदेखि पूजा गर्दै

पूरा पढ्नुहोस्

Bureau Menus