न्यूज ब्यूरो, जनकपुरधाम । गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानविरुद्ध जनकपुरधाममा प्रदर्शन
जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानविरुद्ध गुठीकुट्टी घरजग्गा व्यवस्थापन संघर्ष समितिले प्रदर्शन गरेको छ ।
संघर्ष समितिले जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन गर्दै गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको हो ।
संघर्ष समितिका अध्यक्ष सन्तोष साहले आफूहरुले यसअघि पनि पटक–पटक सरकारलाई ज्ञापनपत्र बुझाउँदै माग सम्बोधन गर्न आग्रह गरे पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको बताए ।
उनका अनुसार जनकपुरधाममा गुठी तथा कुट्टीको जग्गामा करिब ३० देखि ३५ हजार मानिसले घर बनाएर पुस्तौंदेखि बसोबास गर्दै आएका छन् । तर, सरकारले वास्तविक अवस्था र तथ्यांक यकिन नगरी उनीहरुलाई अतिक्रमणकारीको रूपमा चित्रण गर्दै संरचना हटाउने अभियान अघि बढाएको उनको आरोप छ ।
संघर्ष समितिले गुठीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका व्यक्तिहरुको जग्गा तथा बसोबासको अवस्था यकिन गरी उचित मुआब्जासहित रैथानी नम्बरीमा परिणत गर्नुपर्ने माग गरेको छ ।
अध्यक्ष साहले सरकारले आफूहरुको माग सम्बोधन नगरी गुठीको जग्गा खाली गराउने प्रयास जारी राखे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
संघर्ष समितिले गुठीको जग्गा व्यवस्थापन गर्दा पुस्तौंदेखि बसोबास गर्दै आएका परिवारको अवस्था, लगानी र अधिकारलाई समेत ध्यान दिन सरकारसँग माग गरेको छ ।
नेपालका आम सर्वसाधारणमा ‘घण्टा भाइरस’ को त्रास
- २०८३ असोज ९ शुक्रबार
नेपालमा पछिल्ला केही वर्षयता एउटा नयाँ "भाइरस" फैलिएको चर्चा हुन थालेको छ । यसको नाम वैज्ञानिकहरूले होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताले राखेका हुन्:- "घण्टा भाइरस" । घण्टा भाइरसले शरीरलाई होइन, बहस गर्ने शैलीलाई
पूरा पढ्नुहोस्


