
न्यूज ब्यूरो, ११ साउन । एक बिषालु गोमन सर्प (कोबरा) लाई एक बर्षे बालकले टोकेर मारिदिएको घटना अपत्यार लाग्न सक्छ, तर यो घटना सत्य हो ।
छिमेकी मुलुक भारत बिहारको बेतिया जिल्लास्थित एक गाउँमा एक वर्षीय बालकले खेल्ने क्रममा कोबरा सर्पलाई टोक्दै मारिदिएका छन्।
गोविन्द नामका ती बालकलाई उक्त घटनापछि तुरुन्तै अस्पताल भर्ना गरिएको थियो। हाल उनी चिकित्सकको निगरानीमा रहेका छन् र अवस्था स्थिर रहेको जनाइएको छ।
घटना बेतियाको एक गाउँमा भएको हो, जहाँ गोविन्द घरनजिकै खेलिरहेका बेला कोबरा सर्प आएर उनको हातमा बेर्न थालेको बताइएको छ। स्थानीयहरूका अनुसार, सर्प नजिक आउँदा बच्चा आक्रोशित भएर प्रतिक्रियात्मक रूपमा सर्पलाई टोकिदिए, जसबाट सर्पको मृत्यु भएको हो।
बालकका परिवारले बताएअनुसार, सर्पले टोकेको केही समयपछि गोविन्द बेहोसजस्तै भएका थिए। तत्कालै उनलाई नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र लगियो र त्यहाँबाट थप उपचारका लागि बेतियास्थित सरकारी मेडिकल कलेज तथा अस्पतालमा पठाइएको थियो।
अस्पतालका चिकित्सकहरूले गोविन्दलाई अहिले सुरक्षित अवस्थामा रहेको र निरन्तर निगरानीमा राखिएको बताएका छन्।
गोविन्दकी हजुरआमा मातेश्वरी देवीका अनुसार, “सर्प अचानक आएर गोविन्दको हातमा बेर्न थाल्यो। गोविन्दले केही वस्तु हानेर त्यसलाई टोकिदिए। त्यो ‘गहुमन’ जातको कोबरा थियो। गोविन्द त अझै एक वर्षको मात्र हो।”
यो अनौठो घटनाले स्थानीय क्षेत्रका मानिसहरूलाई चकित बनाएको छ। यद्यपि चिकित्सकहरूले यस्तो अवस्थामा सर्प विष लाग्ने सम्भावना उच्च हुने भएकाले समयमै अस्पताल पु¥याउनु उचित निर्णय भएको बताएका छन्।
मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा
- २०८२ श्रावण १२ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी
पूरा पढ्नुहोस्