मिथिला बिहारीमा नयाँ प्रशासकीय अधिकृत उप-सचिव न्यौपाने हाजिर

२०८२ असोज ८ बुधबार
बेलुकी ७:०७ बजे
बिजय ठाकुर

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको मिथिला बिहारी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा उप(सचिव उपेन्द्र न्यौपाने हाजिर भएका छन्  ।
 
बुधबार जनप्रतिनिधि र कर्मचारीहरुले औपचारिक रुपमा उनलाई  कार्यालयमा हाजिर गराएको छ ।  उप(सचिव न्यौपानेले नगरवासीलाई छिटोछरितो र प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

न्यौपानेले पदभार ग्रहण गरेसँगै स्वास्थ्य, शिक्षा र प्रशासनिक शाखाका कर्मचारीलाई समयमा कार्यालय उपस्थित भई काममा सक्रिय रहन निर्देशन दिएका छन् । नागरिकले तत्काल सेवा पाउनुपर्ने हो त्यसमा कुनै कमजोरी हुन दिँदैन उनले संक्षिप्त प्रतिक्रियामा भने ।

यसअघि न्यौपाने मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत थिए । त्यहीँको उत्कृष्ट कामका कारण उनले राम्रो छवि बनाएका थिए, जसका कारण मिथिला बिहारीमा पनि नयाँ ऊर्जा र दिशा ल्याउने अपेक्षा नगरवासीले गरेका छन् ।

यश अघि कार्यरत नि। प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको सरुवा नियमित प्रक्रिया अनुसार बारा जिल्लाको करैयामाई गाउँपालिकामा भएको छ । यादवको कार्यकाल राम्ररी चलेको र सरुवा बढुवा सामान्य प्रक्रिया भएको एक जनप्रतिनिधिहरूले बताए ।

स्थानीय बासिन्दा र जनप्रतिनिधाले नयाँ अधिकृत न्यौपानेको हाजिर भए सँगै नगरपालिकाको सेवा अझ पारदर्शी र परिणाममुखी हुने विश्वास व्यक्त गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८२ असोज ८ बुधबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus