धनुषाको पर्वतास्थित महिलाहरुलाई तीन महिने सिलाईकटाई तालिम सम्पन्न

२०८२ असोज १० शुक्रबार
रति ९:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ ईच्छापुरपुरस्थित रहेको साना किसान कृषि सहकारी सँस्था लिमिटेडको आयोजनामा महिलाहरुलाई लक्षित गरि सँचालन गरिएको सिलाइकटाई तालिम सम्पन्न भएको छ । 

साना किसान सदस्यहरूलाई लक्षित गरी सँचालन गरिएको तीन महिने सिलाइ कटाइ तालिम शुक्रबार विधिवत सम्पन्न भएको हो । धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वतास्थित आयोजना गरिएको सो तालिम विधिवत समापन गरिएको छ । 

साना किसान कृषि सहकारी संस्था लि. ईच्छापुरले गत असार ११ देखि सुरु गरेको सिलाइकटाई तालिम शुक्रबार विधिवत रुपमा सम्पन्न भएको हो ।  तालिममा १२५ जना महिला सहभागी गराइएको थियो । 

तालिमको क्रममा सहभागी महिलाहरुले सिलाई सम्बन्धी सीपमा दक्षता भएपछि समापन गरिएको बताईएको छ । 

साना किसानले महिलाहरुको लागि सिलाई मेसिन उपलब्ध गराउँदै तालिम सुरु गरेको थियो । प्रशिक्षार्थी महिलाहरूलाई व्यवहारिक सीप प्रदान गरी उनीहरूलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो । 

उक्त तालिमबाट ग्रामीण महिलाहरूको जीविकोपार्जनमा सहयोग पुग्ने र साना उद्योग तथा स्वरोजगारका अवसरहरू सिर्जना हुने भएको छ । तालिम सम्पन्न भएपछि महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । 

साना किसान कृषि सहकारी सँस्था लिमिटेडका अध्यक्ष लक्ष्मी यादवको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा तालिम समापन भएको हो । 

समापन कार्यक्रममा साना किसानका पदाधिकारीहरु, धनुषाधाम ५ का वडाध्यक्ष ईन्द्र कुमार महतो, साना किसान सहकारी सँस्थाका कार्यकारी प्रमुख चन्द्रकिशोर सिँह (सिके), सँस्थाका सदस्यहरु, सहभागी महिलाहरु, कर्मचारी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८२ असोज १० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus