
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याइँदै गरिएका कपडा बरामद गरेको छ ।
महिनाथपुरस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरले सोमबार बिहान ४ बजे भारतबाट भन्सार छली गरेर महिनाथपुर हुँदै ल्याउँदै गरेको कपडा सहित इ अटो बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी निर्मल खड्काले जानकारी दिए ।
विशेष सूचनाका आधारमा खटी गएको टोलीले महिनाथपुरबाट लुकाई छिपाई ल्याउँदै गरिएको टेम्पोमा ४ लाख ४४ हजार ६५ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी एसपी खड्काले बताए ।
बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आवश्यक कारबाहीको लागि आजै जनकपुर भन्सार कार्यालय बुझाइएको जानकारी प्राप्त भएको छ ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८२ असोज २१ मंगलबार