नवनियुक्त मुख्यमन्त्री सोनलले आज पद तथा गोपनियताको सपथ खाने

२०८२ असोज ३० बिहीबार
बिहान ०९:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नयाँ मुख्यमन्त्री बनेका छन्। उनले बुधबार बिहान दाबी पेश गरी साँझ साढे ६ बजे मुख्यमन्त्री पदको जिम्मेवारी पाएका हुन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई नियुक्तिपत्र प्रदान गरिन्। सोनलले आज सपथ लिनेछन्।

सोनललाई जसपा नेपालको १९, जनमतको १३, माओवादीको ९, लोसपाको ८ र नेकपा (एस) का ७ सभासद् सहित ५६ जनाको समर्थन छ। सरकार गठनका लागि ५४ समर्थन आवश्यक छ।

बारा–४ (ख) बाट निर्वाचित सोनल यसअघि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री रहिसकेका थिए। आठ वर्षमा उनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन्।

सोनल नेतृत्वको गठबन्धनमा जसपालाई ४, जनमतलाई ३, माओवादीलाई २, नेकपा (एस) र लोसपालाई १–१ मन्त्रालय दिने तयारी छ।

यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका सतीश कुमार सिंहले समर्थन फिर्ता भएपछि राजीनामा दिएका थिए। राजीनामापछि २४ घण्टा नबित्दै सिंहले जनमत पार्टी छाडेर नयाँ जनस्वराज पार्टीमा प्रवेश गरेका छन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अरब (UAE) मा दीपावलीका अवसरमा ४ दिने बिदा

  • २०८२ असोज ३० बिहीबार

अबुधाबी, असोज ३० । संयुक्त अरब इमिरेट्स (यूएई) का भारतीय पाठ्यक्रमअनुसार सञ्चालन भइरहेका विद्यालयहरूले दीपावली पर्वको अवसरमा चार दिने बिदा घोषणा गरेका छन्। खलीज टाइम्सका अनुसार, बिदा अक्टोबर १७ (शुक्रबार) देखि

पूरा पढ्नुहोस्

Bureau Menus