
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले धनुषाधाममा शुभकामना आदान प्रदानको साथै देशको वर्तमान परिस्थितिबारे छलफल गरेको छ ।
पार्टीको धनुषाधाम नगरपालिका नगर कमिटीको आयोजनामा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीको विस्तारित भेला समेत राखिएको एमालेका जिल्ला सचिव दिपनारायण ठाकुरले जानकारी दिए ।
शुक्रबार राखिएको सो कार्यक्रममा देशको वर्तमान परिस्थिति, राजनीतिक गतिविधिहरुको बारेमा पार्टीका वडास्तरीय नेता कार्यकर्ताहरुसँग छफल भएको ठाकुरले जनाए ।
सो क्रममा वडा स्तरीय रिपोर्टिङ तथा वडा स्तरीय बैठक सम्बन्धमा बृहत् छलफल तथा निर्णयहरु गरिएको सचिव ठाकुरले बताए ।
जनकपुर बोल्टसको कोचमा प्रसिद्ध क्रिकेटर शिवनारायण चन्द्रपाल नियुक्त
- २०८२ कार्तिक १ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। चन्द्रपालको नियुक्तिले नेपाल क्रिकेट लिग (एनपीएपल) मा आफूले बनाएको लिगेसीलाई निरन्तरता दिने अपेक्षा
पूरा पढ्नुहोस्