डा. सिके राउतको बायोपिक फिल्म 'Dr. CK Raut- The Passion' को ट्रेलर समाजिक सँजालमा भाइरल 

२०७८ कार्तिक २३ मंगलबार
बेलुकी ५:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेसको एजेन्डा छाडेर मूलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका बारेमा चलचित्र निर्माण भएको छ।

‘डा सीके राउतः द प्यासन’ नामक उक्त चलचित्रको टिजर गत सन् २०१९ मा नै राइजिङ मलस्थित क्युज सिनेमा हलमा सार्वजनिक गरिएको थियो । अहिले केही दिनदेखि सोही टिजर समाजिक सँजालमा भाईरल बनेको छ । 

सन्तोष साहले निर्देशन गरेको उक्त चलचित्रमा राउतको भूमिका परदेशी साहले निभाएका छन्। फिल्ममा नवराज शर्माको सहायक निर्देशन र रेवन्तविक्रम थापाको द्वन्द्व निर्देशन छ। बन्दे प्रसादको सम्पादन रहेको उक्त चलचित्र बाबु नामका व्यक्तिले बनाएका हुन्।

डा. सिके राउतबाट प्रभावित भएर उनको बायोपिक फिल्म बनाइएको बताइएको छ । सो फिल्म सोही बर्षको छठ पर्वमा रिलिज हुने चर्चा रहेको भएपनि  ‘मधेसको इतिहाससहित अन्य विषय समेटेर चलचित्र निर्माण गरिएको हो, जसको छायांकन दुई बर्षअघि नै सकिएपनि फिल्म भने अझै रिलिज हुन सकेको छैनन् । 

विगत केही दिनदेखि दुई बर्ष पुरानो डा. सिके राउतमाथिको चलचित्रको ट्रेलर समाजिक सँजालमा भाईरल बनेको छ । फेसबुक सहित टिकटक प्लेटफर्ममा समेत सो ट्रेलरलाई अधिक साँझा गरिएको तथा अधिक पटक हेरिएको देखिएको छ । 

सो फिल्मको रिलिज किन रोकिएको, वा अहिलेसम्म के अवस्था छ भन्ने बारे कुनै चियोचर्चो भने देखिएको छैनन् । वि.सं. २०७५ साल फागुन २४ गते तत्कालित स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच ११ बुँदे सम्झौतापछि नै सो फिल्मको ट्रेलर रिजिल गरिएको थियो । यद्यपी, फिल्मको अवस्था अझै अज्ञात छ । 

नेपालमा हालसम्म भानुभक्त, गणेशमान सिंहलगायतका बारेमा बायोपिक चलचित्र बनाईएको छ। डा. सिके राउत–द प्यासनको टीमसँग सम्पर्क गर्न चाहेपनि सम्पर्क हुन सकेनन् । 

हेर्नुहोस ट्रेलर

  • 3%
  • 3%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७८ कार्तिक २३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus