सुपरडुपर हिट फिल्म 'जय भिम' का हिरो सुरियालाई ज्यान मार्ने धम्की, सुरक्षा बढाएइयो  

२०७८ मङ्सिर २ बिहीबार
बेलुकी ६:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, एजेन्सी ।  अमेजन प्राइममा रिलिज भएको तामिल फिल्म ‘जय भीम’ ले पछिल्लो समय निकै चर्चा कमाएको छ। चर्चासँगै फिल्म विवादमा मुछिएको छ।

यो फिल्मका केही दृश्यबारे वन्नियार समुदायले आपत्ति जनाएको छ। यसअघि पनि यो फिल्मको एक सिनका कारण निकै ठूलो विवाद भएको थियो ।

वन्नियर समुदायका केही व्यक्तिहरुले यसका कलाकारहरुलाई पनि धम्की दिन थालेका छन् । 

फिल्मका अभिनेता सूर्यालाई बारम्बार धम्की आइरहेको छ। उनलाई धम्की आउने क्रम बढ्न थालेपछि उनको सुरक्षा बढाइएको जनाइएको छ। उनको घरबाहिर पाँच जना सुरक्षाकर्मी खटाइएको छ।

तामिल फिल्म ‘जय भिम’ले आइएमडिबीमा हालसम्मकै चर्चित हलिउड फिल्म ‘द गडफादर’ र ‘ससांक रिडेम्पसन’ लाई पछि पारेको छ। दर्शकहरूले आइएमडिबीमा सबैभन्दा शीर्ष फिल्मको मूल्यांकन दिएसँगै ‘जय भिम’ ले ठूला फिल्मलाई उछिनेको हो।

टिजे ग्नानाभेलको निर्देशनमा बनेको ‘जय भिम’ कठोर हिन्दु जातीय शासनको तल्लो तहमा रहेका दलितहरूमाथि गर्ने दमनका कथामा आधारित छ। यो फिल्ममा ठूला जातका व्यक्तिले दलितलाई गर्ने व्यवहार र अन्यायको चित्रण गर्छ।

यो फिल्मको मुख्य पात्र तामिल स्टार सुरियाले खेलेका छन्। यहाँ उनी एक धर्मयुद्ध वकिलको रूपमा देखिन्छन्। आफ्नो श्रीमानलाई पुलिस हिरासतमा राखेर पछि बेपत्ता घोषित गरेपछि एक गर्भवती महिलाले सुरियालाई निवेदन दायर गर्छिन्। अनि उनी यो मुद्दा लड्छन्। यसै कथा वरिपरि यो फिल्म घुमेको छ।

बिबिसीका अनुसार ‘जय भिम’ तामिल सिनेमामा नयाँ आन्दोलनको हिस्सा बनेको छ, जहाँ कयौं युवा फिल्म निर्माताले दलित विरुद्धको दमनका कथा सुनाउँदै छन्। विगत तीस वर्षमा तामिलनाडुमा दलित आन्दोलन बढ्दै गएको छ। 

यसमा पनि यहाँका केही दलित फिल्म निर्माताहरूले यस विषयमा आधारित भएर दलित कलाकारलाई नै मुख्य भूमिकामा राखेर फिल्म बनाइरहेको फिल्म इतिहासकार एस थिओडोर बास्करनका बताउँछन्।

‘जय भिम’ यसै वर्ष आएको फिल्म हो। यो फिल्म थिएटरमा रिलिज भएको थिएन। त्यसैले बक्सअफिसमा यसको चर्चा धेरै छैन। यता आइएमडिबीमा भने यसले दर्शकबाट ९.६ मूल्यांकन पाएको छ। ‘द गडफादर’ले आइएमडिबीमा ९.२ मूल्यांकन पाएको छ। यसैगरी, ‘ससांक रिडेम्पसन’ले भने ९.३ मूल्यांकन पाएको छ।

  • 72%
  • 0%
  • 28%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७८ मङ्सिर २ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus