जनकपुरका हाँस्य कलाकारको भिडियो भारतमा भाइरल, बलिवुड अभिनेताले गरे शेयर

२०७९ बैशाख १९ सोमबार
दिउसो १२:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशका कलाकाहरुद्धारा अभिनित एक हाँस्य व्यँग भिडियो अहिले छिमेकी मुलुक भारतमा भाइरल बनेको छ । 

जनकपुरधामका चर्चित हाँस्य कलाकार लडुवा भनिने अविनाश झा र उनीसँगै काम गर्ने कलाकार ईशिका भुजेलको एक भिडियो अहिले भारतमा भाइरल बनेको छ । 

युटुबमा एभिआई म्यूजिक नामक च्यानलबाट करिब ३ साताअघि अपलोड गरिएको एक भिडियोको सानो क्लीपमा स्वयँम्बरको बेला झगडा गरेको भिडियो भारतमा वास्तविकता भन्दै अधिक शेयर गरिएको छ । 

भिडियोमा विवाहको स्वयँमवरको बेला दुल्हा दुल्हीले एक अर्कालाई झापड हान्दै गरेको देखिएको छ । विवाहको बेला एकअर्कालाई स्वयँवरमै झापड हानेको तथा गीत गाउने मिथिलानीहरु भने चुपचाप हेरिरहेको देखिन्छन् । 

सो भिडियोलाई बलिवुडका अभिनेता एवम् भारतको चर्चित हाँस्य कलाकार सुनिल ग्रोवर “डा. मसुर गुलाटी” ले पनि शेयर गरेका छन् । द कपिल शर्मा शोमा काम गरेका सुनिल ग्रोवरले आफ्नो ईन्टाग्राममा अविनाश झा र ईशिका भुजेलद्धारा अभिनय गरिएको सो भिडियो शेयर गरेका छन् । 

ईन्ष्टाग्राममा उनले लेखेका छन् –“गुस्सा ना किया करो, अभि तो लाईभ सुरु हुई है, वैसे ३६ के ३६ गुण मिलते है ईनके” भनेर पोष्टयाएका छन् । सो भिडियो अहिलेसम्म ४ मिलियन अर्थात ४० लाख भन्दा बढी पटक हेरिएको छ । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sunil Grover (@whosunilgrover)

यस्तै, भारतको चर्चित न्यूज च्यानले आजतकले पनि सो भिडियोलाई फ्याक्ट चेक कार्यक्रममा देखाएका छन् । सो भिडियोलाई विवाहको वास्तविकता दृश्य भन्दै धेरै जना प्रयोगकर्ताहरुले समाजिक सँजालमा पोष्टयाएपछि आजतकले सो भिडियो अफवाह रहेको भन्दै समचारमा स्थान दिएको छ । 

आजतकले सो भिडियोको सबै विस्तृत निकालेर मनोरञ्जनको लागि मात्र बनाइएको भनेर प्रष्टयाएको छ । अरिजनल च्यानलमा सो भिडियो २ लाख भन्दा अधिक पटक हेरिएको छ भने आजतकमा करिब २ लाख जनाले हेरेको छ । 

सो भिडियोको लागि कलाकार अविनाश झा, ईशिका भुजेल, अरुण बिजैया, पिपही, गजेन्द्र गजु, लवली लगायतका कलाकारहरुले अभिनय गरेका छन् । 

  • 24%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 76%

Why Men rape?

  • २०७९ बैशाख १९ सोमबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus